गृहपृष्ठ खबर जन्मदिनमा शैक्षिक सामग्री बितरण

जन्मदिनमा शैक्षिक सामग्री बितरण

प्रकाशित मिति:

अाफ्नो जन्मदिनको खुसियालिमा वाणगंगा नगरपालिका वडा नम्बर ८ मा एक सामाजिक सेवाभावको सुरुवात गरिएको छ । वाणगंगा नगरपालिका वडा नम्बर ८ मोर्मी निवासी कमल आचार्य र उनकी छोरी सृष्टि आचार्यले सोहि वडामा अवस्थित जनसेवा निमावि उदयपुर मोर्मीमा अध्ययनरत वालवालिकाहरुका लागि शुक्रबार शैक्षिक सामग्री प्रदान गरि जन्मोत्सवलाई खुसियालीका साथ मनाएका छन् । अर्थिक रुपमा विपन्न सामु्दायीक विद्यालयमा अध्ययन गर्ने करिब २ सय विद्यार्थीहरुका लागि आज शैक्षिक सामग्री प्रदान गर्दै सामाजिक सेवा भावको कार्यको थालनि गरेका हुन् । सम्पन्न कार्यक्रम मार्फत विद्यालयको कक्षा १ र २ मा अध्ययन गर्ने सबै विद्यार्थीहरुको लागि एक एक थान पोशाक सहित कापि र कलम प्रदान गर्नूभएको थिायो । भने कक्षा ३ देखि ८ सम्मका विद्यार्थीहरुको अध्ययनमा सहजताका लागि भन्दै विभिन्न शैक्षिक सामाग्री प्रदान गरिएको हो । वाणगंग नगरपालिका वडा नम्बर ८ का वडा सदस्य शिव प्रसाद पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास सस्थाका कार्यकारी संयोजक दुर्गा प्रसाद अर्यालको प्रमूख आतिथ्ता रहेको थियो । कार्यक्रममा जन्मदिनको अवसरमा स्रहानिय कार्यको सुरुवात सँगै सामाजिका कार्यत्रको थालनि गरेको भन्दै विद्यालयका प्रअ ज्ञानप्रसाद पाण्डे, पत्रकारअशोक पौडेल लगाएतले जन्मदिन पर्ने कमल आचार्य र उहाकी छोरी सृष्टि आचार्यलाई शुभकामना तथा धन्यवाद ज्ञापन गरेका थिए । सामुदायीक विद्यालयमा अध्ययन गर्ने वालवालिकाहरुको शैक्षिक उन्नयनका लागि उनले गरेका कार्यले समाजमा पनि सकारात्मक सन्देश प्रवाह भएको बताए ।

सम्बन्धित् समाचार