गृहपृष्ठ खबर मृगौला पीडित चौधरीलाई १ लाख ७९ हजार सहयोग

मृगौला पीडित चौधरीलाई १ लाख ७९ हजार सहयोग

प्रकाशित मिति:

मृगौला पीडित लिखराम चौधरीलाई उपचाररार्थ आज १ लाख ७६ हजार सहयोग हस्तानरण गरिएको छ । लुम्विनी फोटोगा्रफर संघका सदस्य तथा चौधरी फोटो स्टुडियोका सञ्चालक समेत रहनु भएका दवै मृगौला पीडित चौधरीलाई एक कार्यक्रम गरी सो रकम हस्तान्तरण गरिएको हो । कपिलवस्तु र नवलपरासीका फोटो स्टुडियो सञ्चालकहरुबाट संकलन भएको रकम लुम्बिनी फोटोगा्रफर संघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले हस्तानतरण गर्नुभयो । रकम हस्तानतरण गर्दै अध्यक्ष उपाध्यायाले विगत केही महिना यता दुवै मृगौलाबाट पीडित हुनुभएका चौधरीलाई सबैले सहयोग गर्नुे बताउदै यस्तो कार्यमा सबैको संलग्नता जरुरी भएको बताउनु भयो ।पीडित चौधरीले रकम ग्रहण गर्दै आफ्नो जीवन रक्षाको लागि सहयोग गर्ने सबैलाई धनयवाद दिनु भयो । लुम्बिनी फोटो ग्राफर संघका सदस्य रामचन्द्र बेल्बासेका अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा लुम्विनी फोटोग्राफर सघंका पुर्व अध्यक्ष दिनेश अर्याल, अर्जुन घिमिरे बाणगंगा नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष विष्णु पाण्डे , बाणगंगा १ का वडा अध्यक्ष बालकुमारी पन्त लगायतले बोल्दै पीडित चौधरकिो स्वास्थ्य लाभको कामना गर्दै आफूहरुले सक्दो सहयोग गर्ने बताउनु भयो । लगाएत वाण्गंगा २ पिपराकोे वडा कार्यलायमा सम्पन्न कार्यक्रमको सञ्चालन लुम्बिनी फोटो गा्रफर सघंको सचिव माधव प्रसाद पन्तले गर्नु भएको थियो ।

सम्बन्धित् समाचार