कपिलवस्तु जिल्ला | |
अञ्चल: | लुम्बिनी अञ्चल |
---|---|
सदरमुकाम: | तौलिहवा, |
क्षेत्रफल: | १,७३८ वर्ग कि.मि. |
जनसंख्या: | |
गाउँपालिका(हरू): | |
नगरपालिका(हरू): | तौलिहवा, |
संविधानसभा निर्वाचन क्षेत्र संख्या: | ५ |
भौगोलिक अवस्थिति: | तराई |
सबै भन्दा अग्लो स्थान: | शिवगढी धानखोला १४९१ मिटर |
सबै भन्दा होचो स्थान : | हर्देवा ७७मी मिटर |
प्रमुख जातिहरू: | आदि |
प्रमुख भाषाहरू: | अवधी,नेपाली आदि |
मानव विकास सूचाङ्क स्थिति: | (७५ जिल्लाहरू मध्ये) |
टेलिफोन कोड: | ०७६ |
प्रमुख जिल्ला अधिकारी: | |
वेबसाइट: | |
कपिलवस्तु नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चलमा पर्ने एउटा जिल्ला हो। यो जिल्लाको जिल्ला सदरमुकाम तौलिहवा हो। कपिलवस्तु जिल्लाको क्षेत्रफल १७३८ वर्ग किलोमिटर छ भने, नेपालको राष्ट्रिय जनगणना २०५८ अनुसार यहाँको जनसङ्ख्या ४,८१,९७६ थियो तर नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार ९१३२१ घरधुरी, २८५५९९पुरुष, २८६३३७ महिला गरी कूल ५७१९३६ जनसङ्ख्या रहेको छ । कपिलवस्तु संस्कृतिक हिसावले धनी छ।
नामाकरण
प्राचिनकालमा ऋषि कपिलद्वारा प्रतिपादित प्रकृती र पुरुषको द्वैदतामा आधारित दर्शनको जन्मभूमी भएका कारणले यस शाक्य गणराज्यको कपिलवस्तु नामाकरण गरिएको थियो। कक्रुछन्द बुद्धको जन्मभूमी गोटिहवा र कनकमुनी बुद्धको जन्मभूमी निग्लिहवा (निग्लीसागर) पनि यसै जिल्ला अन्तरगत पर्दछन् ।
जिल्लाका ऐतिहासिक स्थलहरू तथा पर्यटकिय क्षेत्र
- अठ्कुनीयाँ
- अमौलीकोट
- अरौराकोट
- इटवा डरवा धनगढवा
- कपिलवस्तु संग्राहलय
- कुदान
- गोटिहवा अशोक स्तम्भ
- गौरीगंज
- चंघाट
- चेतरादेही
- जगदीसपुर ताल
- जोडी स्तुप
- डंगरी
- डेरवा स्तुप
- तिलौराकोट
- तौलेश्वर मन्दिर
- दलदलवा
- दुमुनियाँ
- दोहनीकोट
- धानखोला
- निगालीकोट
- पडसडवा
- पिपरा स्तुप
- पिपरी
- बभनी
- बर्दहवा
- बलुहवा
- बिकुलीकोट
- मालपारा
- मुर्चहवा पुरानोकुँवा
- रक्षाबाबा
- रामदतिवन कुटी
- लम्तिया
- लौहसरिया स्तुप
- विजुवा
- श्रृङ्गीऋषि धाम
- सगरहवा ताल
- समयमाईकोट आनन्दवाग
- सरकुप पोखरी
- सिसेनियाँ
- सिसेनियाँ दरबसवा
- सेमरा शिभमन्दिर
- सोनवागढ
- हर्देवा