बुटवल, साउन २८-यातायात व्यवस्था कार्यालय बुटवलका एक कर्मचारी घुससहित पक्राउ परेका छन्।
मेकानिकल इन्जिनियर सरोजकुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको कार्यालयबाट खटिएको टोलीले २० हजार नगदसहित पक्राउ गरेको हो।
सवारी साधन दर्ताका लागि शाहले सेवाग्राहीबाट घुस लिन लागेको सूचनाका आधारमा उनलाई पक्राउ गरेको अख्तियार बुटवलका प्रमुख प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।