कपिलबस्तुको वाणगंगा नगरपालिकाद्धारा वडाबाट गरिवि परिचय पत्र कार्य सम्पन्न गरिएको छ । साउन १४ बाट सुरु भएको सुरु भएको वितरण कार्य आज वडा नं. ११ मा वितरण गरि वडाबाट गरिएको वितरण कार्य सम्पन्न भएको हो । आज वडा नं. ११ का १ सय ६३ मध्ये १ सय ११ घरपरिवारलाई वितरण गरिएको छ । वडा नं. ११ मा ४८ अति, ३० मध्यम र ३३ सामान्य ३३ घरपरिवारलाई वितरण गरिएको हो । वाणगंगा नगरपालिका भित्रको कुल जनसंख्या मध्ये १ हजार १ सय ८६ परिवार गरिबिको सूचिमा सुचिकृत रहेका छन् । कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका भित्रका ११ वटा वडामा सञ्चालित परिचय पत्र वितरण अभियानमा वडा नम्बर १ देखि ११ सम्मका प्राय सबै वडामा वास्तविक गरिब परिवारहरु परिचय पत्र पाउनबाट बञ्चित भएका हुन । सम्पन्न र जमिनदार नागरिकहरुले परिचयपत्र पाउदा नगरभित्रका वास्तविक गरिब परिवारहरु आफुहरुलाई नगरपालिका र राज्यले वेवास्ता गरेको बताउन थालेका छन् । उता वाणगंगा नगरपालिकाले पनि नगरभित्रका वस्तविक परिवारहरु परिचय पत्र पाउनबाट अधिकाशं परिवार बञ्चित रहेको स्विकार गरेको छ । वडाबाट छुटेका घरपरिवारलाई नगरपालिकाबाट वितरण गरिने नगर प्रवक्ता विष्णु पौडेलले जानकारि दिनुभएको छ ।
वाणगंगा नगरपालिकाद्धारा गरिवि परिचय पत्र वितरण कार्य सम्पन्न ।।
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैहर्मुजमा अमेरिका–इरान युद्ध शुरु भएयताकै ठूलो आक्रमण
१९ घण्टा अघि
आज १६१ औँ मोती जयन्ती मनाइँदै
२१ घण्टा अघि








