गृहपृष्ठ पत्रपत्रिका बाट होसियार अब नेताको फोटो बिगारे वा ‘ब्लफ कल’ गरे दुई वर्ष कैद

होसियार अब नेताको फोटो बिगारे वा ‘ब्लफ कल’ गरे दुई वर्ष कैद

प्रकाशित मिति:

काठमाडौं । सामाजिक सञ्जालमा विभिन्न नेता तथा चर्चित व्यक्तिको फोटो बिगारेर सार्वजनिक गर्नेलाई दुई वर्षसम्म कैद वा २० हजारसम्म जरिवाना वा दुबै सजाय हुने भएको छ ।

मुलुकी ऐनलाई विस्थापित गरेर १ भदौदेखि लागू हुने अपराध संहिताले यस्तो व्यवस्था गरेको छ ।

संहितामा विनाकाम र दुःख दिने उद्देश्यले छलकपटपूर्ण टेलिफोन (ब्लफ कल) गर्नेलाई दुई वर्ष कैद वा २० हजार जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।

त्यस्तै, अनुमति तलिई अरुको घरमा छिर्नेलाई तीन वर्षसम्म कैद वा ३० हजार जरिवानाको व्यवस्था गरिएको छ । (राजधानी दैनिकबाट)

सम्बन्धित् समाचार