वाणगंगा नगरपालिका वडा नं. २ मा सार्वजनिक जनचासो कार्यक्रम सम्पन्न भएको छ । वडा नं. २ को वडाकार्यालय पिपरामा सम्पन्न भएको कार्यक्रममा वडावासिले विभिन्नि गुनासो तथा जिज्ञासा राखेका थिए । उनिहरुले वडामा भईरहेका विकास निर्माणका विषयहरुमा आफ्ना समस्या तथा जिज्ञासाहरु राखेका थिए । वडावासिले गरेका जिज्ञासाहरुको उत्तर भने जवाफदेहि निकायमा रहेका प्रदेश सांसद विष्णु पन्थि, वाणगंगा नगरका उपप्रमुख चक्रपाणि अर्याल, वडा न. २ का वडाअध्यक्ष विष्णु पौडेल, नागरिक समाजका उपाध्यक्ष ईन्दिरा भट्राई लगायतले दिनुभएको थियो । कार्यक्रममा वडा नं. २ का १५० वडावासिहरुको सहभागिता रहेको वडा नं. २ का वडाअध्यक्ष तथा नगर प्रवक्ता पौडेलले जानकारि दिएका छन् ।
वाणगंगा २ मा सार्वजनिक जनचासो कार्यक्रम सम्पन्न ।।




लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने
१४ घण्टा अघि
राप्ती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडान
१४ घण्टा अघि