गृहपृष्ठ खबर वैदेशिक रोजगारीका नाममा ७४ लाख ठग्ने पक्राउ

वैदेशिक रोजगारीका नाममा ७४ लाख ठग्ने पक्राउ

प्रकाशित मिति:

वैदेशिक रोजगारीका नाममा ७४ लाख ठग्ने पक्राउ

गुल्मी– जिल्ला प्रहरी कार्यालय गुल्मीले वैदेशिक रोजगारीमा पठाउने नाममा ७४ लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

रेसुङ्गा नगरपालिका १० सिमिचौरका ४८ वर्षीय घनश्याम अर्याललाई उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी रोशन खड्काले जानकारी दिए ।

ठगी मुद्दामा अर्याललाई जिल्ला अदालत काठमाडौंले २०७४ फागुन ११ गते दुई वर्ष कैैद र सात ७४ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो ।

दीपक न्यौपाने भन्ने व्यक्ति लगायतका ब्यक्तिहरुले आफूहरु अर्यालबाट ठगिएको भन्दै अदालतमा मुद्दा दिएको खड्काको भनाई छ ।

पक्राउ परेका अर्याललाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौ पठाएको गुल्मी प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार