गृहपृष्ठ खबर कृष्णनगर प्रहरीद्धारा अबैध कुखुराका चल्ला नष्ट ।।

कृष्णनगर प्रहरीद्धारा अबैध कुखुराका चल्ला नष्ट ।।

प्रकाशित मिति:

कपिलवस्तुको ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको मोटर साईकल गस्ती टोलीले अबैध कुखुराका चल्ला बरामद गरेको छ । कृष्णनगर नगरपालिका वार्ड नं. १२ स्थित नरेनापुर घाटबाट १५ सय र महाराजगंज नगरपालीका वडा न.९ मुझना नाकामा भारत बाट नेपाल तर्फ चोरी पैठारी गरी ल्याउदै गरेका एक हजार ब्रोईलर कुखुरा चल्ला बरामद गरेको हो । दुवै स्थानबाट बरामद गरीएका २५ सय चल्लाको मुल्य रु.१,लाख ३७ हजार ५०० कायम गरीएको छ । बरामद गरीएका ब्रोईलर कुखुरा चल्ला स्थानिय पत्रकार,पशु क्वारेन्टाईन कृष्णनगरका कर्मचारीहरूको रोहवरमा नष्ट गरीएको कपिलवस्तु प्रहरीले जानकारी गराएको छ ।

सम्बन्धित् समाचार