वाणगंगा नगरपालिका वडा नं. ६ भक्लापुरमा अवैध रुपमा नदिबाट चोरि निकासि गरिएको नदिजन्य पदार्थ बरामद गरिएको छ ।
उक्त नदिजन्य पदार्थ डम्पिङ गरेको पाईएको हो । करिव ३० ट्रालि नदिजन्य पदार्थ नगरपालिका र प्रहरि टोलिले नियन्त्रणमा लिएको नगर प्रवक्ता विष्णु पौडेलले जानकारि दिए । त्यसबारे अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।
वाणगंगा नगरकार्यपालिकाको विभिन्न शाखाहरुको बैठक आज सम्पन्न भएको छ । बैठकले विभिन्न महत्वपुर्ण निर्णयहरु गरेको छ । जसमा नगरपालिकाको तिन पाङग्रे सवारि ब्यबस्थापन समितको बैठक सम्पन्न भएको छ ।
उक्त बैठकले तीन पाङ्ग्रे सवारि साधनहरुको रुट, भाडादर तथा स्टेशन तोकि नगरकार्यपालिकामा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । जसको ब्यबस्थापन समितका संयोजकमा नगर प्रवक्ता विष्णु पौडेल रहनुभएको छ । त्यस्तै वाणगंगा नगरपालिकाको पुर्वाधार समितको बैठक पनि बसेको छ । वडा नं. ४ का वडाअध्यक्ष गणेश ब क्षेत्रीको संयोजकत्वमा बैठक बसिएको हो । उक्त बैठकले आर्थिक बर्ष २०७५÷७६ मा प्रदेश र संघिय सरकारर संग माग गरिने योजाहरु छनौट गरेको छ । बैठकमा ११ वटा वडाका वडाअध्यक्षहरु, नगर कार्यकारि निम्त्ति प्रमुख प्रशासकिय अधिकृत मधु कृष्ण पौडेल, राजश्व शाखा प्रमुख शान्तराज आचार्य को सहभागिता उपस्थिती रहेको थियो ।