गृहपृष्ठ खबर कपिलवस्तु नगरपालिकामा एक पुरुषको वेवारीसे शव फेला ।।

कपिलवस्तु नगरपालिकामा एक पुरुषको वेवारीसे शव फेला ।।

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाका मुख्य बजार क्षेत्रका सडक र बजारमा मागेर जिवन विताइरहेका मानिसहरु विभिन्न कारणले बेवारिसे अवस्थामै ज्यान गुमाउने गरेका छन् । बजारका पसल र मानिसहरुसँग दैनिक मागेर आफ्नो दुई छाक गुजारी रहेका सडक मानिसहरु आकासलाई छानो र सडकलाई विस्तारा बनाउदा बनाउदै अकालमै ज्यान गुमाउने गर्दछन् । जिल्लाका विभिन्न स्थानहरुमा उनीहरुका मृत्युका खबरहरु समेत सार्वजनिक भईरहेका छन् । सोहि अनुसार आज कपिलबस्तु नगरपालिकामा एक सडक मानिसको शव फेला परेको छ । कपिलवस्तु नगरपालिकाको हाटबजार स्थितमा मागी खाई हिड्ने नामथर नखुलेका अन्दाजी २५÷२६ वर्षको पुरुष व्यक्तिको शव वेवारिसे अवस्थामा प्रहरीले फेला पारेको थियो । प्रहरीले शवको मुचुल्का कार्य पश्चात पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवामा पठाईएको छ । शवको सनाखतको लागी प्रहरीले हुलिया परिपत्र गरेको जानकारी गराएको छ ।

सम्बन्धित् समाचार