गृहपृष्ठ खबर जिल्ला मालपोत कार्यालय कपिलबस्तुमा अनाधिकृत ब्यक्ति प्रबेश निषेध ।।

जिल्ला मालपोत कार्यालय कपिलबस्तुमा अनाधिकृत ब्यक्ति प्रबेश निषेध ।।

प्रकाशित मिति:

मालपोत कार्यालय कपिलबस्तुले भाद्र ११ गते देखि कार्यालय भित्र अनधिकृत ब्यक्ति लाई प्रबेश निषेध गर्नका लागि कार्यालयले गेट मै ब्यक्तिको नाम थर ठेगाना र के कामका लागि प्रबेश गर्ने हो कार्यालयको रजिष्टरमा दर्ता गराएर मात्र प्रबेश गराइएको मालपोत कार्यालय कपिलबस्तुले जनाएको छ । भूमि ब्यबस्था, सरकारी तथा गरिबी निवारण मन्त्रालयको निर्णय अनुसार भूमि सुधार तथा मालपोत कार्यालय र मालपोत कार्यालयहरुबाट हुने सेबा प्रबाहलाई ब्यबस्थित गरी सुशासन कायम गर्न नेपाल सरकारको मन्त्रि स्तरिय निर्णय र निर्देशन बमोजिम उक्त कार्यको शुरुवात गरिएको हो । नियम र निर्देशन अनुसार मालपोत कार्यलयमा लेखापढि गर्ने लेखापढि कानुन ब्यबसायीहरुले परिचय पत्र लगाएर मात्र कार्यलयको शुरु बिन्दु सम्म प्रबेश गर्न पाउने र अन्य लेखापढि गर्ने सहायक कर्मचारीहरुको प्रबेशलाई तुरुन्तै बन्द गर्ने निर्देशन रहेको छ । यता कार्यालयमा दरबन्दी अनुसार कर्मचारी नहुदा सेबाग्राहि हरुको काम समयमा गर्न नसकिएको मालपोत कार्यलयका प्रमुख भोज बहादुर भन्डारीले बताएका छन् । कार्यालयमा सेबा ग्राहि भन्दा बाहिरी ब्यक्तिहरु प्रबेश गर्ने र कार्यकक्षहरुमा एकदमै भिड हुने हुंदा लाइनमा बसेका सेबाग्राहि हरुले धेरै समय खर्चिनु पर्ने , सेबाग्राहि हरुले काम छिट्टो हुन्छ भनेर बिचौलियाहरुलाई अगाडि सारी काम गराउने हुदा सेबाग्राहि हरु मर्कामा परेका हुन् । बिचौलियाहरुले गर्दा कर्मचारीहरुले बिभिन्न आरोपहरु खेप्नु परेको प्रमुख भन्डारीको भनाइ छ ।
त्यस्तै कार्यलयमा भिडभाड हुंदा पाकेट मारको बढि डर हुन्थ्यो अब भने जुन काम लिएर सेबा ग्राहिहरु आएका छन् उनिहरु मात्र प्रबेश गर्दा काममा अलमल नपर्ने र सेबाग्राहिहरुको काम टोक्कनको आधारमा गरिने भएको हुदा सेबाग्राहिहरु लाई सहज हुने मालपोत अधिकृत ऋषि राम पौडेलले बताए । नेपाल लेखापढि कानुन ब्यबसायी एशोसिएशन इकाइ समितिका अध्यक्ष बिष्णु प्रसाद मौर्यले बिचौलियाहरुलाई नियन्त्रण गर्नका लागि लेखापढि समिति लागि परेको बताएका छन् । मालपोत कार्यलयमा कर्मचारीको अभाब भएका बेला बिभागले केन्द्र बिन्दु सम्म मात्र प्रबेश गर्ने निर्देशन दिएको हुदा अप्ठ्यारो भएको बताएका छन् । बिचौलियाहरुले कर्मचारी र ब्यबसायीहरुको नाम बेचेर छुट्टै रकम लिने गरेको हुंदा यो नियम बिचौलियाहरुका लागि एकदमै राम्रो हो तर सेबा ग्राहिहरुलाई काममा ढिला हुने ब्यबसायिहरु बताउछन् । कार्यलयले कार्यलय संचालन हुने अबधिभर सुरक्षा कर्मीको ब्यबस्था का लागि जिल्ला प्रशासन कार्यलय र प्रहरी कार्यलय संग समन्वय गरको छ । सुरक्षाको ब्यबस्था भएपछि कार्यलयको परिसरमा अनाबश्यक ब्यक्तिहरुको भिड नहुने मालपोत कार्यलयले जनाएको छ ।

सम्बन्धित् समाचार