१४ भदौ, काठमाडौं । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन काठमाडौं आएकी बंगलादेशी प्रधानमन्त्री शेख हसिना सम्मेलन नसकिँदै स्वदेश र्फकने भएकी छन् । उनी शुक्रबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ ।
शिखर सम्मेलनको समापन मध्यान्ह १ः४५ बजे हुने परराष्ट्र मन्त्रालयले तयार पारेको तालिकामा उल्लेख छ। हसिना बिहीबार विहान पौने ९ बजे विशेष विमानबाट नेपाल अवतरण गरेकी थिइन्।
बंगलादेशमा चलिरहेको राजनीतिक आन्दोलनका कारण हसिना सम्मेलन नसकिँदै स्वदेश र्फकन लागेको बंगलादेशका सञ्चार माध्यमको भनाई छ। बंगलादेशमा करिब एक महिनायता वद्यार्थी आन्दोलन जारी छ। साथै आम निर्वाचन पनि नजिकिँदै छ ।
यसअघि उनी सम्मेलनमा सहभागी हुन नआउने बताए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आग्रहमा उनी सम्मेलनमा सहभागी हुन नेपाल आएकी थिइन् ।