गृहपृष्ठ खबर सातकिलो सुनकाण्डमा पाँच पक्राउ

सातकिलो सुनकाण्डमा पाँच पक्राउ

प्रकाशित मिति:

काठमाडौं,१५ भदौ – केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, न्युरोडको साढे सात किलो सुन गायव प्रकरणमा जोडिएका पाँचजनालाई पक्राउ गरेको छ ।

ऋणीलाई ऋण प्रवाह गर्ने क्रममा गायव भएको ७ हजार ४ सय ९७ दशमलव २८ ग्राम सुन प्रकरणमा जोडिएका दुई बैंकका कर्मचारी र ऋणी पक्राउ परेका हुन् । यो प्रकरणमा बैंकलाई २ करोड २८ लाख ३८ हजार ४ सय १ रुपैयाँ ५२ पैसा हानी भएको छ ।

प्रहरीले बैंकका वरिष्ठ सुन परीक्षकसहितका ऋणीलाई पक्राउ गरी उच्च अदालत पाटनबाट ७ दिन म्याद थपी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित् समाचार