गृहपृष्ठ ज्योतिष /वास्तु आज भाद्र कृष्ण अष्टमी,भगवान् श्रीकृष्णको जन्मोत्सव मनाइँदै

आज भाद्र कृष्ण अष्टमी,भगवान् श्रीकृष्णको जन्मोत्सव मनाइँदै

प्रकाशित मिति:

आज भाद्र कृष्ण अष्टमी । पिता वासुदेव र माता देवकीको कोखबाट द्वापर युगमा भारतको मथुरामा श्रीकृष्णको जन्म भएको थियो ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् यसै मध्यरातमा भएकाले यो दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

‘कर्म गर, फलको आशा नगर’ भन्ने भगवान् श्रीकृष्णको आदर्शमय वाक्य सधैंका लागि र सबैका लागि यसै दिन संस्मरण गरेर भगवान् श्रीकृष्णप्रति भक्तिभाव प्रकट गर्ने गरिन्छ ।

आज दिनभर धार्मिक प्रवचन, पूजापाठ तथा श्रीकृष्णको रथयात्रा गर्ने र झुला झुलाउने गरिन्छ ।अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतार एवम् वासुदेव र देवकीको आठौँ गर्भका रुपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

आज  देशभरीका कृष्णमन्दिरमाहरुमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने गर्छन् ।

सम्बन्धित् समाचार