गृहपृष्ठ पत्रपत्रिका बाट झापामा १४ बर्षीया किशोरीमाथि सामुहिक बलात्कार !

झापामा १४ बर्षीया किशोरीमाथि सामुहिक बलात्कार !

प्रकाशित मिति:

झापामा १४ बर्षीया किशोरी सामुहिक बलात्कारमा परेकी छन् । गत साउन २९ गते दमकस्थित गेस्टहाउसमा लगेर तीन युवकले प्रतिकारबीच सामुहकि बलात्कार गरेको डीएसपी श्यामकुमार सुब्बाले बताए । पीडक पक्षको दबाबले घटना ढिलो सार्वजनिक भएको हो ।

दबाबकै कारण कक्षा ९ मा पढ्ने किशोरी विद्यालय जान पाईरहेकी छैनन् । उनी माइती नेपाल काँकडभिट्टाको संरक्षणमा छिन् । बलात्कारका आरोपीहरु दमक नगरपालिका १ का सुमन राई, समीर श्रेष्ठ र कमल गाउँपालिका ५ का किरण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । हिजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

सम्बन्धित् समाचार