गृहपृष्ठ अन्तरास्ट्रिय खबर नक्कली औषधिको प्रामाणिकता पुष्टि हुने,

नक्कली औषधिको प्रामाणिकता पुष्टि हुने,

प्रकाशित मिति:

वासिंगटन । वैज्ञानिकहरुले औषधिहरुको प्रामाणिकता जाँच्ने कागजसँग सम्बन्धित जाँच प्रणाली विकास गरेका छन् । यसले केही मिनेटमै औषधिको प्रामाणिकता पुष्टि हुने बताइएको छ । यदि औषधि नक्कली भए कागज रातो रंगमा परिवर्तन हुने बताइएको छ ।

विकासशील देशमा धेरै परिमाणमा नक्कली औषधिको उत्पादन र वितरण हुने गर्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को अनुमानअनुसार विश्वमा करिब १० प्रतिशत औषधि नक्कली रहेको छ । त्यसमा पनि ५० प्रतिशत एन्टिबायटिक औषधि नक्कली रहेको मानिन्छ ।

नक्कली एन्टिबायटिक औषधिबाट विरामीको ज्यानलाई खतरामा पार्नेमात्र नभई दुनियामै एन्टिमाइक्रोबियल प्रतिरोध क्षमतामै समस्या उत्पन्न हुनसक्ने बताइएको छ ।

अनुसन्धानकर्ताहरुले कागजमा आधारित जाँचको विकास गरेका छन्, जसले औषधिमा भएको मिसावट वा पूरै नक्कली भन्ने समेत पत्ता लाग्ने बताइएको छ ।

सम्बन्धित् समाचार