गृहपृष्ठ खबर शितगंगा १३ वडा कार्यालयको आयोजनामा सम्मान तथा वृहत तिज गित प्रतियोगिता सम्पन्न ।

शितगंगा १३ वडा कार्यालयको आयोजनामा सम्मान तथा वृहत तिज गित प्रतियोगिता सम्पन्न ।

प्रकाशित मिति:

शितगंगा नगरपालिका वडा नं.१३ वडा कार्यालयको आयोजनामा सम्मान तथा वृहत तिज तिज गित प्रतियोगिता सम्पन्न भएको छ ।  कार्यक्रममा ज्येष्ठ शिक्षक, ज्येष्ठ निजामति कर्मचारि तथा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । महिलाहरुलाई सकारात्मक प्रभाव पार्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको वडा कार्यालयले जनाएको छ । साथै निजामति कर्मचारिको अवसरमा उक्त सम्मान कार्यक्र आयोजना गरिएको बताईएको छ । ज्येष्ठ शिक्षक तारापति विसि, ज्येष्ठ निजामति कर्मचारि महेन्द्र श्रेष्ठ तथा मीना विसिलाई सम्मान गरिएको थियो । प्रतियोगितामा रिकोट टोल प्रथम, सिमलपानि टोल द्धितीय तथा प्रभाकर माविका ए र बि टिम तृतीय र सान्त्वना भएका छन् ।
कार्यक्रममा शितगंगा ३ का वडाअध्यक्ष दुर्गा विसिको अध्यक्षता, नगर उपप्रमुख टिका रेश्मीको प्रमुख आतिथ्यता, नेकपा जिल्ला नेता बसन्त श्रेष्ठ, नेकपा नेता तथा समाजसेवि केशव राज बेल्वासेको विशिष्ट आथित्यता रहेको थियो । वडा नं. १३ र १४ का वडाअध्यक्षहरु, जनप्रतिनिधिहरु, सम्पुर्ण कार्यालयका प्रमुखहरु, विद्यालयका प्रधानाध्यापकहरु तथा राजनितिक दलका नेताहरुको आतिथ्यता रहेको थियो भने श्रषिराम विसिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको वडा कार्यालयले जनाएको छ ।

सम्बन्धित् समाचार