अर्घाखाँचीको किमडाडामा नरभक्षी चितुवाको आक्रमणबाट ५ बर्षिया वालिकाको ज्यान गएको छ । सन्धिखर्क नगरपालिका वाड नम्वर १० धरम्पानी करनढुंगा निवासी रिखीराम रानाकी छोरी ५ बर्षिय सदिक्षा रानाको तीजको समयमा मामाघर जादै गर्दा चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक नवराज मल्ले बताए । आफ्नो आमा संग सन्धिखर्क ८ किमडाँडा पकले जाने क्रममा बाटोमा पर्ने सानी आमाको घर नजिकै बाट बालिकालाई चितुवाले आक्रमण गरेको हो । तीन बहिनी संगै चाउचाउ किन्न गएर घर फर्कने क्रममा लामो खरेयानमा लुकेर बसेको चितुवाले बालिकालाई आक्रमण गरि जंगल तर्फ लगेको थियो । हामी बसेर चाउचाउ खाँदै थियौ बिचमा बसेको कान्छी बहिनिलाई चितुवाले लगेर गयो भन्दै रुँदै आमा र सानी हजुर आमालाई मृतकको दिदिले बताएपछी स्थानीय बासिहरु हारगुहार गर्दै जंगल तर्फ गएका थिए । खोज्दै जादा चितुवाले खाएर क्षद विच्क्षद बनाएको अबस्थामा वालिकाको शब भेटिएको हो । घटनास्थलको प्रकृति मुजुल्का सहित पोस्टमार्टमको निम्ति जिल्ला अस्पताल लगिएको छ । नरभक्षी चितुवाले पछिल्लो ३ बर्षमा डेढ दर्जन वालवालिकामा आक्रमण गरेको छ । जस्का कारण १२ जनाको ज्यान गएको छ । ६ जना घाइते उपचार पछि निको भएका छन । चितुवा आतंक बढ्दै गएपछि सन्धिखर्क, किमडाडा, अर्घा, खाचिकोट, ढिकुरा, नुवाकोट, लगायतका स्थानिय बासिन्दा त्रसित भएका छन् । चितुवाको आतङ्कले जिल्लावासी त्रसित भई रहेका छन् ।
अर्घाखाँचीमा चितुवाको आक्रमणबाट ५ बर्षिया बालिकाको मृत्यु ।।


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैआज चीनमा १९औँ एसियाली खेलकुदको उद्घाटन हुँदै
३ घण्टा अघि
एक महिनामै ५० रुपैयाँसम्म बढ्याे चिनीको भाउ
३ घण्टा अघि
एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा भारत
३ घण्टा अघि
लुम्बिनी प्रदेश याेजना आयाेग : दुई सदस्य थपिए
५ घण्टा अघि
रोनाल्डोको दुई गोलमा अल–नासरको लगातार जीत
५ घण्टा अघि