गृहपृष्ठ खबर रमाइलो तिज २८ गते बिहिबार बाल माध्यमिक बिद्यालयमा हुने

रमाइलो तिज २८ गते बिहिबार बाल माध्यमिक बिद्यालयमा हुने

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः १ बैरीयामा तिजको दिन हुने भनिएको कार्यक्रम २८ गते बिहिबार हुने भएको छ । २७ गते दिनभर पानी परेपछि २८ गते साझ ४ बजेबाट कार्यक्रम सुरु गर्ने निर्णय भएको ब्यालक बुल्स गाइजका कार्यक्रम संयोजक मिन थापाले बताए । कपिलवस्तुमै पहिलो पटक मिस्टर डिको प्रस्तुती सहित , सस्कार ब्याण्ड , डिजे पञ्चीभोको साथमा राष्ट्रीय लोक गायक गायिकाको प्रस्तुति रहने आयोजकका निर्देशक मोहन पाण्डेले बताए । दिनभर परेको पानीले कार्यक्रम स्थगित गर्नु परेकाले सोको कारण कार्यक्रम हेर्न आउनेलाई परेको असरप्रति आयोजकले क्षमायाचना समेत गरेको छ । कार्यक्रममा सहभागि हुन कलाकार जिल्ला आइ सकेकोमा २७ गते कार्यक्रम पानीले हुन नसकेतापनि २८ गते सबैलाई कार्यक्रम स्थलमा आउन आग्रह गरेका छन ।

सम्बन्धित् समाचार