गृहपृष्ठ खबर संविधान दिवस भव्यताका साथ मनाउने जिल्ला समन्वय समिति कपिलवस्तुको तयारी ।

संविधान दिवस भव्यताका साथ मनाउने जिल्ला समन्वय समिति कपिलवस्तुको तयारी ।

प्रकाशित मिति:

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको केन्द्रिय कायक्रम अनुसार कपिलवस्तु जिल्लामा पनि संविधान दिवस भव्यताका साथ मनाउन तयारी थालिएको छ । दिवस भव्यताका साथ मनाउन भन्दै जिल्ला समन्वय समिति कपिलवस्तुले जिल्ला समन्वय समिति प्रमुख नारायण प्रसाद खनालको अध्यक्षतामा मुल समारोह समितिको गठन गरेको छ ।
गठित समितिले संविधान दिवस २०७५ मनाउन आगामी असोज २,३ र ४ गते ३ दिन सम्म कार्यालय तथा घर घरमा सबैले साँझ दिपावली गर्न अनुरोध गरेको छ । त्यस्तै जिल्ला अस्पताल तौलिहवामा स्वास्थ्य लाभको लागि उपचार गराई रहेका बिरामीहरुलाइ संविधान दिवसका दिन फलफुल बितरण गर्ने समेत जनाएको छ ।
संविधान दिवस अर्थात अशोज ३ गते विहान ७ बजे जिल्ला समारोह समितिका पदाधिकारीहरु तथा जिल्ला स्थित सरकारी कार्यालयका सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई समेत जिल्ला प्रशासन कार्यालयको अगाडी भेला भई ब्यानर सहित प्रभातफेरी गरी जिल्ला समन्वय समितिको सभाहल÷ कपिलबस्तु नगरपालिकामा मञ्चको कार्यक्रम गर्ने कार्यक्रम समेत तय भएको जिल्ला समन्वय समिति कपिलवस्तुले जनाएको छ ।
त्यस्तै दिवसलाई लक्षित गरी जिल्ला सदरमुकाम स्थित सरकारी कार्यालय तथा निजी घर संघसंस्था परिसर भित्र सरसफाईका लागी अनुरोध गरिएको छ भने नगर क्षेत्रभित्र सार्वजनिक स्थान र सडकहरुमा समेत बिशेष सरसफाईका लागि कपिलवस्तु नगरपालिकालाई अनुरोध गरेको छ । त्यस्तै संविधान दिवसलाई लक्षित गरी जिललामा खेलकुद कार्यक्रमको पनि आयोजना गरिएको छ । असोज २ गते बुद्ध पदम मा.वि. तौलिहवाको प्राङगणमा म्युजिकल चियर प्रतियोगिताको आयोजन गरिएको छ । उक्त कार्यक्रममा सरकारी कार्यालयका प्रमुख ज्युहरु शैक्षिक संघ संस्थाका प्रमुखहरुलाई सहभागी गराईने र उक्त प्रतियोगितमा प्रथम हुनेलाई रु ३०००। द्धितीयलाई रु २००० र तृतियलाई रु १५०० पुरस्कार उपलब्ध गराउने साथै घैटो फुटाउने प्रतियोगिता अन्तरगत जिल्ला समन्वय समितिका सदस्यहरु, राजनैतिक दलका प्रतिनिधिहरु र कपिलबस्तु नगरपालिका सदस्यहरुलाई सहभागी गराईने र उक्त प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ३००० पुरस्कार उपलब्ध गराउने निर्णय भएको जिल्ला समन्वय समिति कपिलवस्तुले जनाएको छ । समन्वय समितिले संविधान दिवसको मुल कार्यक्रमको खर्च व्यवस्थापनको लागि लिडो नेपाल लाई अनुरोध गर्ने समेत जनाएको छ । संविधान दिवस आयोजना मुल समारोह समितिमा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख नारायण प्रसाद खनालकोे अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी, जि.स.स.उप प्रमुख, जिल्ला समन्वय अधिकारी, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख÷उप प्रमुख, जिल्ला स्थित राजनैतिक दलका प्रमुख÷प्रतिनिधि, सरकारी कार्यालयका कार्यालय प्रमुखहरु, जिल्ला समन्वय समितिका सदस्यहरु, क्याम्पस प्रमुख, नेपाल बार एसोसिएसन, गैर सरकारी संस्था महासंघ, उद्योग बाणिज्य संघ, निर्माण ब्यवसायी संघ, नेपाल पत्रकार महासंघ, नागरिक समाज, शैक्षिक संस्थाका प्रमुखहरु, अन्र्तपार्टी महिला सञ्जाल, खेलकुद विकास समिति, निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियन, मदरसा संघ नेपाल सहितको समिति गठन पनि गरिने भएको छ ।

सम्बन्धित् समाचार