गृहपृष्ठ खबर निर्मलाका निम्ति न्याय अभियान !! देशभर प्रदर्शन, (फोटो फिचर)

निर्मलाका निम्ति न्याय अभियान !! देशभर प्रदर्शन, (फोटो फिचर)

प्रकाशित मिति:

देस छ , सरकार छ, सुरक्षा निकाय पनि छ तर पशुपतिको पित्तलको बसाहा जस्तै । न बोल्छ न चल्छ न सुन्छ ?

वैखरी काठमाडौं –     कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५० दिन नाघिसक्दा पनि वास्तविक अपराधी पत्ता नलगाएको भन्दै देशभर प्रदर्शन भएको छ ।

माइतीघरदेखि नयॉ बानेस्वर, – निर्मलाका लागि न्याय खोज्दै काठमाडौँमा गरिएको प्रदर्शनमा उनका आमाबुबा समेत सहभागी छन्।

निर्मलाका निम्ति न्याय अभियानअन्तर्गत काठमाडौंको माइतीघर मण्डलामा पाँच हजारभन्दा बढी सर्वसाधरण सहभागी भएका थिए । यस्तै विभिन्न जिल्लामा पनि प्रदर्शन गरिएकाे थियो । केही ठाउँमा भने अझै प्रदर्शन भइरहेको छ ।

कञ्चनपुरमा बलात्कार पछि हत्या भएकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि प्रर्दशनमा कलाकर्मी, नागरिक अगुवाहरु, विद्यार्थी, विभिन्न पेशाकर्मीलगायतको उपस्थिती रहेको थियो ।

 

बास्तविक हत्यारा पत्त्ता लगाइ कारबाही गर्न र पीडित परिवारलाई न्याय दिन आह्वान गर्दै गरिएको प्रदर्शनमा स्वतःस्फर्तरुमा हजारौँ मानिस सहभागी भएका हुन्। राजधानी काठमाडौँ लगायत देशैभर निर्मलाका पक्षमा न्याय माग्दै प्रदर्शन गरिएको छ।

काठमाडौँमा भएको प्रदर्शनमा पनि हजारौँ मानिस सहभागी भएका छन्। ‘निर्मलाका निम्ति न्याय’, ‘दोषीलाई उन्मुक्ति, निर्दोषलाई यातना?’, ‘सरकार देखाउ इच्छा, खै त महिलाको सुरक्षा’, सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी’ लगायतका प्लेकार्डसहित हजारौँ मानिसले सरकारलाई खवरदारी गरिरहेका छन्।

 

 

आज झापाको काँकडभिट्टा, अर्जुनधारा, चन्द्रगढी र दमकमा प्रदर्शन भयो । यस्तै सुनसरीको धरान, इटहरी र इनरुवामा, मोरङको विराटनगर र विराटचोकमा, सप्तरीको राजविराज र कञ्चनपुरमा, सिराह सदरमुकाम सिराहमा पनि प्रदर्शन भएको छ ।

धनुषाको जनकपुर, मकवानपुको हेटौंडा, नुवाकोटको विदुर, काभ्रेको पाँचखाल, सिन्धुपाल्चोकको मेलम्चीमा पनि सर्वसाधरण प्रदर्शनमा उत्रिएका छन् ।

 

कपिलबस्तु

पोखरा, बुटवल, कोहलपुरलगायतका ठाउँमा पनि प्रदर्शन भएको छ भने भरतपुर, नेपालगञ्ज र विरगञ्जमा प्रदर्शन भएको छ !!

तस्बिर : सामाजिक सञ्जालबाट

सम्बन्धित् समाचार