गृहपृष्ठ खबर उदयपुरमा जीप दुर्घटना : दुई अष्ट्रेलियन नागरिकको मृत्यु, ७ घाईते

उदयपुरमा जीप दुर्घटना : दुई अष्ट्रेलियन नागरिकको मृत्यु, ७ घाईते

प्रकाशित मिति:

उदयपुरको कटारी नगरपालिका १४ घुर्मीमा जीप दुर्घटनामा परि दुई विदेशी नागरिकको मृत्यु भएको छ । सोमबार काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको ना.१ ज ८९६९ नम्बरको सुमो उदयपुरको घुर्मीबजार नजिकै दुर्घटना भएको हो । दुर्घटनामा अन्दाजी ७० वर्षका अस्ट्रेलियन नागरिक हुसे कान्त र उनकै श्रीमान् वर्ष ७७ का हुसेक रुडालको उपचारको क्रममा मृत्यु भएको र अन्य सात जना घाइते भएको घुर्मी प्रहरी जनाएको छ ।

जीप अनियन्त्रित भई अन्दाजी सय मिटर तल खस्दा काठमाडौं वागेश्वरीका २१ वर्षिय मनोज रोका, सोलुखुम्बु नेले २ बस्ने १४ वर्षिय सुजन बस्नेत, सोही बस्ने ४५ वर्षिय ईन्द्र बस्नेत, सोही बस्ने ३१ वर्षिय सरस्वती बस्नेत, बारा कलैया न.पा. १९ बस्ने २८ अर्जुन कुमार पाण्डे, ओखलढुङ्गा सिरिचौर ७ बस्ने बर्ष २८ को लोक ब. तामाङ (चालक) गम्भिर घाइते भएका छन् । यस्तै सोलुखुम्वु च्याल्सा बस्ने बर्ष ५९ की याङ्छी शर्पा अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मेघराज अधिकारीले जानकारी दिए ।

सम्बन्धित् समाचार