गृहपृष्ठ खबर समिति र चालकको मिलेमतोमा अघोषित सार्बजनिक यातायात बन्द

समिति र चालकको मिलेमतोमा अघोषित सार्बजनिक यातायात बन्द

प्रकाशित मिति:

कसैको सार्बजनिक आब्हान बिना नै आज सार्बजनिक सवारी साधन चलेका छैनन । बुटवल सहित यस क्षेत्रका बिभिन्न बस पार्कबाट सार्बजनिक बस छुटेका छैनन । बस समितिहरुले पनि क्यु प्रकाशित गरेका छैनन ।बन्दको आब्हान बिना नै सडकमा सार्बजनिक सवारी साधन नचलेपछी सर्बसाधारण भने अप्ठारोमा परेका छन ।बस मात्रै होइन टक समेत चलेका छैनन ।कुनै पार्टी तथा सस्थाले बन्द आब्हान नगरेको अवस्थामा किन सार्बजनिक सवारी चलेनन भन्ने सम्वन्धमा यस क्षेत्रका बस तथा टक समितिका पदाधिकारीहरुले चालक नआएकाले गाडी नचलेका बताएका छन । चालकहरुले पनि औपचारिक रुपमा बन्द गरेको भनेका छैनन । तर गाडी नचलाउने घोषणा वा आब्हान गर्दा पक्राउ परिने डरले चालकहरु र बस तथा टक समितिहरुले बिना घोषणा नै गाडी नचलाएको बुझिएको छ ।
सरकारले सिण्डिकेट खारेजीको घोषणा गरेर खाता रोक्का गरेपछी सरकारसंग रुष्ट बनेका व्यवसायीलाई अहिले अनौपचारिक रुपमा चालकहरुले समेत साथ दिएका छन । हालै सवारी ऐन संशोधन भएपछी चालकहरु त्यसको बिरोधमा उत्रिएका छन ।संशोधित सवारी ऐनमा सवारी दुर्घटनामा चालकको लापवाही पाइए कडा कारवाही गर्ने व्यवस्था छ ।सार्बजनिक सवारी नचलेको सम्वन्धमा संघिय टाफिक प्रहरी कार्यालय बुटवलले चालकहरुले अनौपचारिक रुपमा बन्द गरेको भन्ने सुनिएको तर आधिकारिक जानकारी नभएको बताएको छ ।पश्चिम नेपाल बस व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले चालक आएर गाडी चलाएका समितिले काउण्टरबाट क्यु दिने बताउनु भयो ।घिमिरेले क्यु दिने बताएपनि समितिले नियमित रुपमा प्रकाशित गर्ने क्यु हिजोदेखि नै प्रकाशित गरेको छैन ।किन यस्तो भयो भन्ने सम्वन्धमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले यातायात व्यवसायी समितिले चालकलाई देखाउने गरेको र चालकहरुको संगठन नभएकाले यसका बारेमा अध्ययन गरीरहेको बताउनु भयो । उहाले पुर्ण सुरक्षा दिन्छौ चलाउनुस भनेर आग्रह गरेका छौ केही बेर हेर्छौ अध्ययन गर्छौ तर अन्यौलमा राखिरहदैनौ भन्नुभयो ।

सम्बन्धित् समाचार