गृहपृष्ठ खबर नेकपा क्रान्तिकारि माओवादि कपिलबस्तुद्धारा प्रेस विज्ञप्ति जारि सरकारको विरोध

नेकपा क्रान्तिकारि माओवादि कपिलबस्तुद्धारा प्रेस विज्ञप्ति जारि सरकारको विरोध

प्रकाशित मिति:

नेपाल कम्युनिष्ट पार्टि क्रान्तिकारि माओवादि जिल्ला समिति कपिलबस्तुले आज एक प्रेस विज्ञप्ति जारि गर्दै संविधान दिवसलाई कालो दिनको रुपमा मनाएको घोष्णा गरेको छ । संविधानमासभा २ बाट जारि संविधानमा उल्लेखित गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समानुपातिक, र समावेशि जस्ता विषयहरु हेर्दा सकारात्मक देखिय पनि सारमा वर्तमान संविधान पुरानै वुर्जुवा संसदिय व्यवस्थाो प्रतिनिधित्व र हित गर्ने भएको हुँदा जसले सम्पुर्ण उत्पििडित वर्ग, जाति, क्षेत्र र लिङगका मुद्धाहरुलाई सम्वोधन गर्न नसकेको निश्कर्ष सहित वर्तमान सरकार जारि भएको दिलाई कालोदिनको रुपमा मनाउँने घोषणा गरिएको विज्ञप्तिमा उललेख गरिएको छ ।

वर्तमान सरकारले आफुलाई वाम र कम्युनिष्ट बनाउँने सरकराले भारतिय शाषक वर्ग संग आत्मसमर्पण गर्दै नेपाल राष्ट र नेपालि जनता प्रति देखाएको रवैया असमान सन्धि सम्झौताहरुको कार्यान्वयन गर्ने प्रतिवद्धताको जनाउँनु, मोदि भ्रमणको वेला भएका क्रियाकलापहरु पनि अमानविय भएको बताएको छ । महगिंको चपेटा, जथावाभि कर वृद्धि, कालावजारि, कमिसनखोर तथा हत्याहिंसा, वलात्कार जस्ता घट्नाको नियन्त्रण गर्नुको सट्टा संरक्षण गर्दै आएको र त्यसको विरुद्ध वोल्नेलाई धम्क्याउँने जस्ता कुराहरुको भत्र्सना गरिएको समेत विज्ञप्तिमा जारि छ ।

त्यस काणले वर्तमान प्रतिगामि र प्रतिक्रियावादि संसदिय व्यवस्थाका विरुद्धको संघर्षलाई अगाडि बढाउँदै नयाँ जनवादि क्रान्तिको दिशामा गम्भीर रुपमा लाग्न सम्पुर्ण क्रान्तिकारि नेता, कार्यकर्ता र जनतामा समेत हार्दिक अपिल गर्दछौ जिल्ला ईन्चार्ज समिर केसिद्धारा हस्ताक्षरित नेकपा क्रान्तिकारि माओवादि कपिलवस्तु जिल्ला समितिले प्रेस विज्ञप्ति जारि संविधान दिवसलाई कालो दिनको रुपमा मनाउँने घोषणा गरेको हो ।

सम्बन्धित् समाचार