सरकारले संसोधित गरेको सवारी तथा यातायात व्यावस्था ऐन २०४९ को बर्तमान संसोधित अवस्थामा केही व्याववस्थाहरु चालक र पचिालकहरुको हित विपरित भएकाले कपिलवस्तु लगाएत देशा भर का सवारी चालक हरु आन्दोलिंत भएका छन् । कपिलवस्तुका करिब एक हजार चालकहरुले सोमबार बाट शान्तिपुर्ण आन्दोलन गरिरहेका छन् । वर्तमान ऐनको ६३ देखि ७३ सम्म को अवस्था अनुसार परिचालक को लागी पनि अनुमति पत्र लिनुपर्ने व्यावस्था गरेको छ । तर बर्तमान संसोधित अवस्थामा पचिालकको अनिवार्य अनुमति पत्र चाहिने भएकाले गाडीमा सहचालक नै नपाइने जसले गर्दा संवन्धित निकायले चालकलाई सजायको दायरामा ल्याउने गरेकाले यो व्यवस्था तुरुन्त खारेज गर्न आवस्यक देखिएको ,चालकहरुले बताएका छन् ।
यस्तै उक्त ऐनमा सवारी चालक को कारणले गर्दा कसैको अङ्ग भङ्ग भएमा ३ वर्ष देखि १० वर्ष सम्मको कैद हुने उल्लेख रहेको छ । मानिस मरेमा हुने सजाय र अंग भंग भएमा हुने सजाय बराबर हुनु किमार्थ न्याय संगत नभएकाले ज्यान मारेको सजायको आधा सजाय हुन आवस्यक रहेको ,सडक का वरपर सार्वजनिक जग्गा छैनन् यस्ता ठाउंमा पार्किङ गर्दा ट्राफिकले सजाय दिने गरेकाले निश्चित समयको लागी पार्किङ गर्ने स्थानहरु करिब किलोमिटरको फरकमा छुट्याउने व्यावस्था गरियोस र सवारी दुर्घटना पश्चात प्रहरी प्रसाशन बाहेक अर्को एक निश्पक्ष छानविनका लागी खटाइयोस, बिना कारण जेल बसिरहेका चालकहरुको बारेमा पनि पुन छानविन गरियोस लगाएत का मागहरु प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमान्डौ ,गृह मन्त्रालय, भौतिक पुर्वधार तथा यातायात मन्त्रालय सिहंदरबार काठमान्डौ, कानुन न्याय तथा संसदिय मामिला मन्त्रालय काठमान्डौ र जिल्ला प्रसाशन कार्यलय कपिलवस्तुको तौलिहवामा विज्ञप्ती मार्फत जारी गरेका छन् ।
तेस्रो दिन पनि शान्तिपुर्ण आन्दोलन गरेको र आज सवारी चलाएका चालकलाई स्वागत गरि सम्झाएर गन्तब्य तर्फ फकाइएको साथै प्यावसन बोडिङ स्कुलका चालकले समेत एकेबद्धता जनाएकाले भोली रातो पेलेडका निजी सवारी साधन समेत रोक्ने र शिवराज नगरपालिका क्षेत्रमा ¥याली निकाल्ने नेपाल स्वतन्त्र सवारी चालक संर्घष समिति कपिलबस्तु ले जानाकारी दिएको छ ।