नयाँ शक्ति पार्टी नेपाल जिल्ला कार्यसमिति कपिलवस्तुको सम्पन्न विस्तारित वैठकले नयाँ वैकल्पिक जिल्ला सरकार कपिलवस्तुको घोषणा गरेको छ । नेपाली समाजको बदलिदो नयाँ राजनैतिक अभिभारा पुरा गर्ने उद्देश्यका साथ नयाँ शक्ति पार्टी नेपालको संघिय परिषदको चौथो लुम्बिनी विस्तारित वैठकले स्थानिय तह देखि केन्द्रिय निकाय सम्म वैकल्पिक सरकार र सदनको समेत अभ्यास गर्ने योजना अघि सारेको जनाएको छ । गठित वैकल्पिक जिल्ला सरकारको प्रमूखमा इलियास मुसलमान सहित उप प्रमूख गिता तिवारी , सदस्यमा पदम सोमै मगर, इन्दा्रवाति चौधरी, पुरन चौधरी, अब्दुल मोविन मुसलमान, मो.इशाक मुसलमान, रामनिवास पुरी लगाएत १७ सदस्यीय समितिको घोषणा गरेको छ ।
सरकारले नयाँ शक्ति पार्टी नेपाले अबलम्बन गरेको पाँच स को राजनैतिक कार्यदिशाको मुल्य मान्यतालाई स्थापित गर्दै मुलुकको आर्थिक समृद्धि मार्फत समुन्नत समाजवाद सम्म पुग्ने ध्यय प्राप्तिका निम्त अगाडि बढ्ने जनाएको छ ।त्यस्तै सरकारले स्थानिय तहको विकास शुसासन र समृद्धिको निम्ति वैकल्पिक सरकार कार्यविधि तयार गरी अविलम्ब लागु गर्ने पनि दावी गरेको छ । गठित वैकल्पिक सरकारले पार्टीले विजय हासिल गरेका स्थानिय तहहरुमा वैकल्पिक राजनैतिक धारको गुण चरित्र र विशेषता प्रर्वदन गर्न नमुना विकास गुरुयोजना तर्जूमा गरी कार्यान्वयन गर्ने पनि जनाएको छ ।
त्यस्तै जिल्लाका सबै सरकारी निकायहरुमा नियमित निगरानी गर्नूका साथै समाजमा हुने भ्रष्टाचार, हत्या, हिंसा बलात्कार र सामाजिक विकृति र विसंगतिका विरुद्ध पनि सामाजिक जन परिचालनका लागि हस्तक्षपकारी भुमिका खेल्ने पनि जनाएको छ ।
नयाँ शक्ति पार्टी कपिलवस्तुद्धारा वैकल्पिक जिल्ला सरकारको घोषणा

