गृहपृष्ठ मनोरञ्जन गायिका लम्साल कोलगेट ईमेज लोक कलाकार सिजन टु मा छनोट

गायिका लम्साल कोलगेट ईमेज लोक कलाकार सिजन टु मा छनोट

प्रकाशित मिति:

ईमेज च्यानलद्धारा आयोजित कोलगेट ईमेज लोक कलाकार सिजन टु मा दोस्रो चरणको लागि कलाकार वर्षा लम्साल छनोट भएकी छिन् । कपिलवस्तु जिल्लाबाट ७ जनाको सहभागिता रहेको थियो त्यसमध्ये लोक तथा दोहोरी गायिका लम्साल छनोट भएकी हुन् । उनी जिल्लाकोे पहिचान राख्न सफल भएकी हुन् । १७ वर्षको सानै उमेरदेखि सांगितीक क्षेत्रमा लागेकी लम्सालले २ वटा गीत बजारमा ल्याईसकेकी छिन् भने एउटा गीतमा अभिनय समेत गरिसकेकी छिन् । उनि लोकदोहोरी एल्वम (परेविले) २०७३ सँगै सांगितिक क्षेत्रमा प्रवेश गरेकि हुन । लोक तथा आधुनिक गायक दिपक भण्डारी र वर्षा लमसालको स्वरमा सजिएको (परेविले) भन्ने गित अहिले स्थानिय तहमा निकै चर्चामा आएको छ । सामाजिक संञ्जालमा पनि निकै चर्चा कमाउन सफल गित (परेविले)जिल्लाका मेला महोत्सव तताएको छ ।

(परेवीले गुण अन्तै सार्यो की) भन्ने उक्त गितको म्युजिक भिडियोको निर्देशन लघु गौतमले गरेका छन् । म्युजिक भिडियोमा अभिनय सुमन,दीक्षा र सुनिल ले गरेका छन । उक्त गितमा स्वरकि धनि वर्षा लमसाल भने कलाकारीता क्षेत्रमा नयाँ नौलो नै भन्नु पर्दछ ।
(परेविले) एल्वमको सफलता सँगै गायिका लम्सालले २०७४ सालको तिज गित एल्वम (चट्ट मायालु) पनि बजारमा ल्याएकि हुन् । जुन गितबाट आफूले सोचे भन्दा बढि सफलता प्राप्त गर्न सफल भएको उनि बताउछिन् । विधान कार्किको लय, शिव खनाल र बर्षाको कर्ण्प्रिय श्वरमा सझिएको उक्त गितमा शब्द खनालल भरेका हुन भने राजु महोत्रा र पार्वती राईले अभिनय गरेका छन् । सांगितिक क्षेत्रमा प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दो रहेको छ ।

पछिल्लो समय हाम्रो देश मा आफनो मौलिक पननै विर्सने गरी गितहरु गाउन थालिएका छन् । लोक गितमा हिन्दी, अंगे्रजि मिसाउन लागिएको छ । जसले गर्दा नेपाली कला संस्कृति लोप हुने खतरा देखिन्छ । पैसाको आडमा चर्चा कमाउने गितकारहरु पनि अहिले प्रशस्त देख्न पाईन्छ । सानै उमेरमा चर्चा कमाउन सफल बर्षा ठुलो कलाकार बन्ने सपना बोकेर हिनेकि छिन । अग्रज कलाकारको साथ र सहयोग पाए अवश्य अगाडि बढ्न सक्ने उनि बताउँछिन ।

सम्बन्धित् समाचार