गृहपृष्ठ राजनीति धेरै सुन्न र थोरै बोल्न अाेलीलाई माधव नेपालको सुझाव

धेरै सुन्न र थोरै बोल्न अाेलीलाई माधव नेपालको सुझाव

प्रकाशित मिति:

वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई धेरै सुन्न र थोरै बोल्न सुझाव दिएका छन् ।अमेरिकाकामा सञ्चारकर्मीसँग कुरा गर्दै  पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले अहिले जनतालाई रिजल्ट देखाउने समय भएकोले बोल्ने भन्दा पनि सुन्ने र काम गर्ने बेला आएको बताए ।

उनले सरकार सञ्चालनका लागि पार्टीमा आन्तरिक छलफलको कमी भएको गुनासो गरे । नेकपामा धेरै अनुभवी नेताहरु भएको तर सरकार सञ्चालनका लागि पर्याप्त छलफल नहुने गरेको उनको भनाई थियो ।सरकारको कामको रिजल्ट अझै हेरिसक्ने समय नभएको भन्दै नेता नेपालले केहि समय पछि सरकारले देखिने गरि रिजल्ट निकाल्ने बिश्वास दिलाए । दुई पार्टीबिचको एकता लामो छलफल र गृहकार्यमा भएको बताउंदै नेपालले एकता कमजोर नहुने दावी गरे । आफु ७० बर्षसम्म सकृय राजनीति गर्ने नेपालको भनाई थियो ।

सम्बन्धित् समाचार