गृहपृष्ठ खबर कपिलवस्तुमा जघन्य २ घट्नामा प्रहरीले अनुसन्धान समेत थालेन्

कपिलवस्तुमा जघन्य २ घट्नामा प्रहरीले अनुसन्धान समेत थालेन्

प्रकाशित मिति:

जिल्ला अदालत कपिलवस्तुले बलात्कारको घटनामा संलग्न पाँच जनालाई दोषी ठहर गर्दै ११ वर्ष कैद तथा १–१ लाख जरिवाना तोकेको छ । जिल्ला न्यायाधीश लोकजंग शाहको एकल इजलासले पुर्पक्षका लागि थुनामा रहेका २ जना र धरौटीमा रिहा भएका ३ जनालाई समान ११–११ वर्षको कैद सजाय सुनाइएको हो । २०७३ सालमा जिल्लाको मायादेवी गाउपालिका एक पकडीमा भएको सामूहिक बलात्कार घटनामा संलग्न सबै दोषी ठहर भएका छन् । धरौटीमा रिहा भएकालाई समेत दोषी ठहर गर्दै कैद तथा जरिवाना तोकेको हो। मायादेवी गाउँपालिका पकडी पिर्चुखीका राहत हुसैन, अब्दुल रसिद मुसलमान, मोनु चौधरी, धर्मेन्द्र केवट र कलामुद्धिन मुसलमानलाई सामूहिक बलात्कार घटनामा दोषी ठहर गरिएकोे छ।
भारत घर भई आफ्नो मामा घर पकडी बस्ने २० वर्षीया युवतीको फुपुको घर बाँसखोर विमिहा जाने क्रममा २०७३ साल माघ २६ गते पिर्चुखी स्थित मर्थी खोला नजिकै सामूहिक बलात्कार भएको थियो। बलात्कार पश्चात युवतिको नग्न भिडियो समेत बनाई सामाजिक संजालमा हालिएको थियो । सोही आधार तथा प्रमाण अनुसार प्रहरीले घटनामा संलग्नहरुलाई पक्राउ गरि मुद्दा दायर गरेको थियो। घटना के थियो ? बलात्कारमा परेकी २० बर्षीया उक्त युवतीको पकडी गाविस– ४ पिचुर्खीका २० वर्षे बब्लु भन्ने अब्दुल रसिदसँग प्रेम संम्बन्ध थियो। उनैले डेटिङका लागि युवतीलाई मर्थी खोलामा लगेका थिए। सोहि समयमा बब्लुले आफ्ना साथीहरुलाई बोलाएर बलात्कार गरेका थिए। घटनाबारे युवतीले डर र त्रासका कारण कसैलाई भनेकी थिइनन् । ती युवाहरुले युवती माथि गरको क्रियाकलापको भिडियो सार्वजनिक गरे पछि घटनाको रहस्य खुलेको थियो।

यता कपिलवस्तुमा भएका दुई जघन्य अपराधका घट्नामा भने प्रहरी चुकेको छ । जिल्लाको बाणगंगा नगरपालिका ६ र १० की दुई युवतीको बलत्कार पछि हत्या भएको लामो समय वित्दा समेत प्रहरीले कुनै कदम चालेको छैन् । ५ वर्ष वित्दा पनि हत्यारा पत्ता नलाग्दा परिवारमा निरासा हत्या भएको ५ वर्ष वितिसक्दा पनि हत्यारा पत्ता नलागेपछि शिवरानीका परिवारजन निराश भएका छन् ।
कपिलवस्तुको वाणगंगा १२ बैदालीकि शिवरानी थारुको २०६८ साल असोज १४ गते अर्थात  हत्या भएको थियो ।२०६८असोज १३ गते साझ गाँउमा भएको थारु सांस्कृतिक कार्यक्रम हेर्न घरवाट निस्किएकि शिवरानी १४ गते नजिकैको नहरमा मृत अवस्थामा फेला परेकि थिइन् ।
मृत्युको वारेमा इलाका प्रहरी कार्यालय गोरुसिंगे का तत्कालिन प्रहरी निरिक्षक शिशु शर्मा र पोष्ट मार्टम रिर्पोट ले बलत्कार पछि हत्या भएको प्रतिवेदन सार्वजनिक गरेको भएता पनि हाल सम्म पनि प्रहरीले कुनै कदम चालको छैन् ।हत्यारा पत्ता नलाग्दा आफुहरुले न्याय नपाएकोे स्थानिय संचारकर्मी संग मृतकका हजुरबुबा पिंगु थारुले दुखेसो पोखेका छन् । त्येती मात्र होईन वाणगगा ४ भावपुर कि २७ वर्षिया युवती गंगा पौडेल को पनी हत्या भएको ४ वर्ष वितिसक्दा पनि हत्यारा पत्ता लाग्ने सुईको समेत छैन् । उनको २०७१ श्रावण २ गते तिजको कपडा सिलाउन भनी गजेहडा बजार पुगेर फर्किदा घर नजिकैको जंगलमा निर्वस्त्र मृत आस्थामा फेला परेकी थिइन । उनको पनी बलत्कार पछी हत्या भएको अनुसन्धानले बताएको भएतापनी प्रहरीले पोष्ट मार्टम रिर्पोट समेत नदिएको बताउदै प्रहरीले घट्ना प्रती आलटाल गर्दै घर परिवारमै आरोप लगाउदै उक्कन खोजेको मृतकका ससुरा ससिधर पौडेलले मलिन स्वरमा बताए । यि दुवै जघन्य अपराधका बारेमा कपिलवस्तुका प्रहरी मनोज कुमार यादवलले घट्नाको बारेमा जानकारी लिन खोज्दा अफिस टाईममा आउनुस जानकारी दिन्छु अहिले थाहा छैन भन्दै ठाडो जबाफ दिए ।

पत्रकारको प्रश्नमा नै जिल्लाको प्रहरी प्रमुख जस्तो जिम्मेवार जवाफमा यसरी प्रस्तुत भएपछी ति निरिह परिवारले कसरी न्याय पाउलान ? अपराधका बारे प्रहरीलाई नै जानकारी दिदा प्रहरीको यस्तो प्रतिकृयाले प्रहरी संगठन नै बदनाम हुदै गएको छ । यि दुवै घट्नामा प्रहरी सुस्ताएको स्थानिय र घर परिवार का सदस्यहरुको गुनासो छ् । घट्ना का बारेमा नयाँ प्रहरी प्रमुख जिल्लामा आए लगत्तै पत्रकार सम्मेलन र विभिन्न घट्नाका अवसरमा पत्रकारहरुले समेत पट्क पट्क जानकारी गराउदा समेत हालसम्म पनी घट्नाका दोषी पत्ता लगाउने र कानुनी दाएरामा ल्याउर्ने तर्फ कुनै उल्लेख काम गरेको पाईएको छैन् । घट्नाका बारेमा नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाईले पनी दोषी पत्ता नलाग्नुको कमजोरी प्रहरी रहेको बताउदै प्रहरीले त्यती मात्र नभएर विभिन्न हत्या काण्डका अपराधिको अनुसन्धानमा ठिला सुस्ती गरेको र यदी अनुसन्धान र प्रहरीलाई आफुहरुको साथ चाहिएमा जतिबेला पनी तयार रहेको जनाउदै पिद नै नताति कडो कसरी तात्छ भन्दै प्रहरीको आलोचना गरे । घट्ना का दोषीलाई यथासिग्र पत्ता लगाई कार्वाहि गरे पिडितले न्याय पाउने बताए । साथै उनले हत्या र घरेलु हिसाका दोषीलाई छिटो भन्दा छिटो पत्ता लगाई कार्वाहि गर्नुपर्ने नागरिक समाजको जोडदार माग रहेको बताए । यता बैदीलीकि शिवरानीको विषयमा तत्कालिन इलाका प्रहरी कार्यालय गोरुसिंगेका एक प्रहरी नायव निरिक्षक केहि महिना अगाडी दर्पणकर्मीसंगको भेटमा कुराकानी गर्दै तत्कालिन समयमा घट्नाका बारे
आफुहरुले अनुुशन्धान गरेको र दोषिका नजिक नजिक पुगेको हुदांँ अनुशन्धान टिम नै बनाई आफुलाई जिम्मेवारी दिएमा सत्यतथ्य पत्ता लगाईछाड्ने बताए । साभार ः लुम्बिनि दर्पण

सम्बन्धित् समाचार