
काठमाडौं– ग्रिस पठाउने भन्दै टर्की पुर्याएर मानव बेचविखन गर्न खोजेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले एक जनालाई पक्राउ गरेको छ।
प्रतिव्यक्ति १२ लाख रुपैयाँ लिएर टर्की पुर्याएर अलपत्र पारेको आरोपमा सिआइबीले बाग्लुङको ढोरपाटन नगरपालिका–७ का ३७ वर्षीय वीरबहादुर अदैलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो।
टर्की पुर्याएर ४५ दिनसम्म शारीरिक मानसिक यातना दिएको भन्दै २ जना पीडितले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ।
पक्राउ परेका अदैलाई काठमाडौं जिल्ला अदालतबाट मानव बेचविखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।