कर्तब्य ज्यानको मुद्दा झेलेकी कपिलवस्तुको बुद्धुभमी नगरपालिका – १० धनकौलीकी उर्मिला कुवरले सो मुद्दबाट सफाई पाएकी छिन् । आफनो बचाउ गर्दा प्रतिकारको क्रममा पीडकको ज्यान गएकाले यसमा निर्मलाको कुनै दोष नरहेको भन्दै अदालतले ठहर गरी उनलाई रिहा गरेको हो । अदालतका न्यायधिश भरतमणि खनालको एकल ईजलासले निर्मलालाई सो मुद्दाबाट सफाई दिएको अदालतका श्रेस्तेदार भरतमणि खनाले बताए । सोही मुद्दा लागको हिमला कुवर, निरमया कुवर र रेनु कुवरले समेत सफाई पाएका छन । घटना बेला उनीहरुले केही नगरी हेरी रहेको भन्दै पीडकका परिवारले उनीहरु बिरुद्ध मुद्दा दिएका थिए ।
यस अघि सोही मुद्दामा अदालतका न्याधिश गिरीराज गौतमले उर्मिलालाई पुर्पक्षकालागि थुनामा राख्ने आदेश दिएका थिए । जसका कारण उर्मिला ५१ दिन काराकारमा बस्नु परेको थियो । पुनराबेदन अदालत बुटवलको आदेश पछि उर्मिलालाई साधारण तारेखमा छाडिएको थियो । २०७४ कार्तिक १८ गते रामघाट मेलामाबाट फर्किने क्रमममा उर्मिलाले आफनो अस्मिता जोगाउने क्रममा यशोधरा गाउपालिकाको पर्सोसियाका रमेश ढाडीको मृत्यु भएको थियो । प्रहरीले कुवर सहीत उनका चार परिवार बिरुद्ध नै कर्तब्य ज्यान मुद्दा लगाएको थियो । ढाडीको मृत्यु कुटपीटबाट भएको भन्ने प्रहरीको प्रतिबेदनको आधारमा जिल्ला आदलते कुवरलाई पुर्पक्षकालागि थुनामा राख्ने आदेश पछि गत कार्तिक १९ देखि उनी कारागार रहदै आएकी थिईन । पुनरावेदनको माघ ११ को आदेश पछि कुवर रिहा भएकी थिईन । रिहा भए पछि उर्मिलाको परिवारमा खुशीयाली छाएको छ ।
घटनाका कारण मानसिक तनाव झलेकी उर्मिलाले अदालतले आफुलाई न्याय दिएको बताईन । यसले आफुमा आत्मबिश्वास र साहस बढेको बताईन् । उर्मिलाकी आमा भुन्टीले निर्दोष रहेही छोरीले न्याय पाएकोमा खुशी ब्यक्त गरिन् । अधिकारकर्मी बिजय लक्ष्मी सिंहले यो निर्णय ऐतिहासिक रहेको भन्दै स्वागत गरिन् । मेलामा रमाएर घर फर्किदा उर्मिला, उनकी भाउजु मीना र बहिनी हुमकुमारी संगै थिए । मेलामा मदिराले मातिएका यशोधरा गाउपालिकाकाका पर्सोसिया गाउँका २२ बर्षे रमेश ढाडीले पछ्याउँदै तिनै जनालाई र्दुब्यबहार गरेका थिए । ढाडीको चर्तिकला देखे पछि तिनै जना घर तर्फ भाग्ने क्रममा उर्मिला लडेकी थिईन् । त्यही मौका छोपी ढाडीले उर्मिलालाई समातेर जबरजस्तीको प्रयास गरे ।
ढाडीले उर्मिलालाई लछार पछार गर्दै कपडा समेत फुकालिदियो । उर्मिलाले पनि प्रतिकार गरिन । दुबै बिच कुटाकुट पनि भयो । आफनो अस्मिता बचाउने क्रममा गोरुसिंगे जंगलको नर्सरीमा भेटाएको सानो लठ्ठीले ढाडीलाई प्रहार गरी घर भाग्नेक्रममा ढाडीले पिछा गरेक थिए । त्यही क्रममा तारमा अल्झीएर ढाडी घाईते भएका थिए । हारगुहार पछि गाउँका मान्छे समेत जम्मा भए पछि निर्मला स्वयमले प्रहरीले घटनाको खबर गरेकी थिईन । घाईते ढाँडीलाई प्रहरीले नै उद्धार गरी तौहिहवा अस्पतालमा लगेको थियो । ढाडीको उपचारको क्रममा त्यही रात १ बजेतिर मृत्यु भएको थियो ।