गृहपृष्ठ खबर शिशुलार्इ लकरमा राखेको पाँचवर्षपछि अामाले गरिन् प्रहरीलार्इ खबर

शिशुलार्इ लकरमा राखेको पाँचवर्षपछि अामाले गरिन् प्रहरीलार्इ खबर

प्रकाशित मिति:

जापानी प्रहरीले मृतशिशु पाँच वर्षसम्म लकरमा राखेको आरोपमा एक महिलालाई नियन्त्रणमा लिएको छ। ४९ वर्षिया इमरी सुजाकीले पाँच वर्षअघि मृत शिशु जन्म दिएकी थिइन्।

उनी आफैले यसै हप्ता प्रहरी समक्ष गएर सो वास्तविकता खुलाएकी थिइन्। उनको जानकारीपछि प्रहरीले लकर लोकर खोल्दा प्लास्टिकभित्र सडेको अवस्थामा शिशुको लास भेट्टाएको थियो।

प्रहरीका अनुसार सुजाकीले मृत शिशु जन्म दिएपछि त्यस विषयलाई ढाकछोप गर्न उनले वर्षौसम्म शिशुको लासलाई युजीसुदानी रेल स्टेसन नजिकैको लकरमा राखेका थिए।

उनले त्यस लकरको भाडाको पैसा तिर्दै आएकी थिइन्। लकरमा सामान राखिए वापत प्रतिघण्टा १.८० अमेरिकी डलर तीर्नुपर्ने पैसा तिर्नपर्छ। तिर्न नसके ८.८६ डलरसम्म जरिवाना लाग्ने र लकरमा रहेको सामान त्यहाँका सम्बन्धित व्यक्तिले हेर्न पाइने बताइएको छ।

सोमबार पुरुष साथीसँग झगडा परेपछि उनले त्यस घर छाड्दै बाहिर निस्केकी थिइन्। तर चाँबी त्यही छाडेपछि शिशु लकरमा राखिएको घटना बाहिर आउने त्रासमा उनी आफैले त्यस घटना सार्वजनिक गर्न बाध्य भएकी थिइन्। एजेन्सीं

 

प्रकाशित १० असोज २०७५, बुधबार |

सम्बन्धित् समाचार