गृहपृष्ठ अन्तरास्ट्रिय खबर ४९ दिनसम्म समुद्रमा बगेका किशोर बाँचेर फर्के

४९ दिनसम्म समुद्रमा बगेका किशोर बाँचेर फर्के

प्रकाशित मिति:


इन्डोनेशियाका एक किशोर ४९ दिनसम्म समुद्रमा बगेपनि ज्यान जोगाउन सफल भएका छन्। १९ वर्षिया एल्दी नोभल एडिलांग इन्डोनेसियन सामुद्रीक तटमा माछा मार्ने काम गर्छन्।

समुद्रको मध्य भागमा माछालाई पासो लगाउने सानो डुंगाको झुप्रो गत मध्य जुलाइमा ठूलो हावाहुरीले डाेरी चुड्याउँदै बगाएपछि उनी वेपत्ता भएका थिए।

तर उनी हजारौं किलोमिटरको दुरीमा सकुशल फेला परेका हुन्। उनले समुद्रको पानी र माछा खाएर आफ्नो भोक टारेको बताएका छन्।

हप्तैपिच्छे अन्य कामदारहरु त्यस डुंगाको झुप्रो जहाँ माछालाई पासो लगाउने काम गरिन्थ्यो त्यहाँ खाना, पानी, इन्धन सहित माछा लिन आउने गर्थे। तर डुंगा सहित किशोरलाई बगाएपछि उनको निधन भएको आशंका गरिएको थियो।

म सँधै रुन्थे

गत जुलाइमा उनी डुंगासहित समुद्रमा हराएका थिए। उनले दिनहुँ आफू रुने गरेको द जकार्ता पोस्टलाई बताए।

‘जब जब म कुनै ठूलो जहाज देख्थें मनमा बाँच्ने आशा पलाएर आउथ्यो।’ उनले दुखी हुँदै ४९ दिनमा दश ठूला जहाज देखेको तर कोहीबाट सहयोग नपाएको बताए। उनले कुनै समय बाँच्ने आशा समेत हराएर गएको बताए।

प्रकाशित 10 असोज 2075, सोमबार

सम्बन्धित् समाचार