बाणगंगा नगरपालिकाको आयोजनामा नगरपालिकाले ओदारी बजारको अनुगमन गरेको छ । बाणगंगा नगरपालिका नगरपालिका वडा नः ११ मा रहेको ओदारी बजारमा सञ्चारमा रहेको ब्यवसायीक पसलहरुको नगरपालिकाको आयोजनामा बजार अनुगमन गरिएकोे हो । ओदारी बजारमा रहेका करिव एक सय बढि पसलहरु मध्य कुनै पनि मासुपसल ब्यवस्थित रुपमा सञ्चालन नगरेको पाउनुका साथै अधिकाशं पसलहरुमा मुल्यसुची नराखेको पाइएको बाणगंगा नगरपालिकाका कार्यकारी अधिकृत तुल्सीराम मरासिनीले जानकारी दिए । अब्यवस्थित रुपमा सञ्चालनमा रहेका मासु पसलमा खुल्ला ठाउमा मासु राखी बेच्न नपाइने, डिजिटल काटाको प्रयोग गर्नुपर्ने, अनीवार्य रुपमा मुल्यसुची राख्नु पर्ने सो क्रममा अनुगमन पछि निर्देशन दिइएको बाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्यालले बताए । सात दिन भित्र पसल ब्यवस्थित गर्न नसके नगरपालिकाले पसलनै उठाउनेसम्मको कारबाही गर्ने उनले बताए । ओदारी बजार क्षेत्रभित्र रहेको ७ मासु पसलमा बिशेष निगरानी गर्नुका साथै अव नगरपालिका भित्र रहेको होटल, मिठाइ पसल र मासु पसलमा छड्के अनुगमन गर्ने तयारी रहेको बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारुले जानकारी दिएका छन । चाडपर्व नजिकिएसगै उपभोतmा नठग्गीउन भन्नका लागी अनुगमन गरिएको उनले बताए ।
हरेक पसललाई नगरपालिकामा दर्ता गरी ब्यवसाय सञ्चालन गर्न, मुल्यसुची राख्न, ब्यवसायीक पसलको बोर्ड राख्न, डिजिटल काटाको प्रयोग गर्न, मिठाई पसल तथा होटेलहरुले छुट्टै कोठामा भान्साको प्रयोग गरी सफा राख्नु अनुरोध गरिएको बाणगंगा नगरपालिकाका प्रवतmा बिष्णु पौडेलले बताए । बिकासमा तिव्रता लिएको ओदारी बजारलाई ब्यवस्थित बनाउन वडाले बिशेष पहल गर्ने बताउदै स्वच्छ प्रतिस्पर्धा गरि ब्यवसाय गर्न वडा नः ११ का वडा अध्यक्ष सोमनाथ अर्यालले बताए । अनुगमनमा बाणगंगा प्रशासनका प्रमुख बिक्रम शर्मा, बाणगंगा नगरपालिका पशु सेवाका प्रमुख रुप नारायण श्रेष्ठ पत्रकार अशोक पौडेल लगायतको अनुगमन सहभागिता रहेको थियो ।