गृहपृष्ठ खबर यात्रुको सुविधाको लागि नागरिक सहायता सेवा केन्द्र स्थापना

यात्रुको सुविधाको लागि नागरिक सहायता सेवा केन्द्र स्थापना

प्रकाशित मिति:

हिन्दु नेपालीहरुको महान् चाड पर्वमा नेपाल भारत सिमा क्षेत्र चाकरचौडा अलीगढ़वामा यात्रुहरुलाई पर्ने समस्यालाई मध्यनजर गरी आज नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ । यात्रुहरुले यात्राका क्रममा कुनै समस्या भोग्न नपरोस् र समस्या भएमा समाधानका लागि सम्पर्क गर्न अनुरोध गर्दै सहायता कक्ष स्थापना गरिएको हो ।

विजयादशमी, दिपावली र छठ पर्वको शुभकामनासँगै यात्रा गर्दा यात्रुहरुमा पर्ने असुविधाहरु समाधान गर्नु नागरिक साहेता कक्षको मुख्य उदेश्य रहेको छ । लुटपाट, दोहोरो टिकट, सामान हराउने समस्या र स्टापहरुको व्यवहार चित्त नबुझ्दो भएमा तत्काल सहायता कक्षले सहयोग गर्ने छ । यात्राका क्रममा यस्ता कुनै समस्या परेमा सम्पर्क गर्न आग्रह गरिएको छ । इलाका प्रहरी कार्यालय पकडीका प्रमुख प्रहरी निरिक्षक सन्तोष कुमार पोखरेलले यात्राका क्रममा कुनैपनि अवाञ्छित गतिविधि भएको पाइएमा तत्काल सम्पर्क गर्न आग्रह गर्नुभएको छ । चाकरचौडाको सिमा क्षेत्र र बसपार्कमा विभिन्न स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गरिएको पोखरेलले जानकारी दिनुभयो ।

कुनैपनि प्रकारको समस्या यात्रुहरुले देखेमा वा भोगेमा तत्काल जिल्ला प्रहरी कार्यलय कपिलवस्तुको कन्ट्रोल नम्बर १०० इलाका प्रहरी कार्यालय पकडी संचारको ९८५७०९०२७३ र कार्यलय प्रमुखको ९८५७०९०४३३ मा फोन गरेर सूचना दिन इलाका प्रहरी प्रमुख पोखरेलले आग्रह गरेका छन् । सूचना पाए लगतै त्यहाँ पुगेर तत्काल कारवाही हुने उहाँले जानकारी दिनुभएको छ । चालकलाई सचेतना मुलक पर्चा वितरण तथा चाडपर्वको समयमा सवारी दुर्घटना हुन सक्ने भएकाले चालकहरुलाई सचेत गराइएको छ ।

सम्बन्धित् समाचार