कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं ७ र ८ लाई एक समारोहका विच पुर्ण साक्षर वडा घोषणा गरिएको छ । साविकका हरिहरपुर र मानपुर गाविसहरुमा १५ देखी ६० वर्ष उमेर समुहका ९५ प्रतिशत भन्दा बढि नागरिकहरु साक्षर भएकोले वडालाई साक्षर घोषणा गरिएको हो । वडा नं ७ का वडा अध्यक्ष कपिलवदेव तिवारीले वडामा रहेका १ हजार ४ सय ९२ जना निरक्षर नागरिक मध्ये साक्षरता कक्षा संचालन गरेपछि १ हजार ४ सय ९२ जना साक्षर भएकोले वडालाई साक्षर घोषणा गरिएको बताए । त्यस्तै वडा नं ८ का अध्यक्ष राजेश्वर सिंहले जना ५ सय २ निरक्षर नागरिकको तथ्यांक आएकोमा साक्षर कक्षा संचालन गरेपछि जना ४ सय ८१ जना साक्षर भएकोले वडालाई साक्षर घोषणा गरिएको बताए ।
कार्यक्रममा वोल्दै बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरपालिकाका १० वटै वडा साक्षर घोषणा भएको बताए । नगरपालिकालाई औपचारिक रुपमा यहि असोज २० गते साक्षर नगर घोषणा गरिने बताए । यो सगै नगरपालिकामा पुर्ण भर्ना र ४ वटा वडा वालविवाह मुत्त वडा भैसकेकोले विस्तारै अरु वडालाई घोषणा गरिने बताए र छिटौ वालमैत्री नगर घोषणा गर्नको लागी सूचकहरु पार गदै गएको बताए ।
नगर पालिकाले भौतिथ विकासका साथै सामाजिक विकास र परिवर्तनको लागी संग सगै लिएर जाने समेत उनले बताए । साक्षर कक्षा संचालनको लागी राजपुर सिएलसीले जिम्वेवारी लिई समुदायमा साक्षरताका कक्षाहरु सचालन गरेको थियो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्याले नगरलाई विकास र सामाजिक र शैक्षिक परिवर्तन गर्नको लागी क्रमस साक्षर, पुर्ण भर्ना, खोप, वातावरणमैत्री तथा वालमैत्री नगर वनाउने बताए ।
कार्यक्रमा सामाजिक विकास अधिकृत हिमलाल विक, विद्यालय निरिक्षक खिमबहादुर जिसी, स्रोत व्यात्ति खेमराज पौडेल वडा अध्यक्ष नन्दलाल यादव, भेषराज खनाल, खुमान्नद न्यौपाने, त्रिलोकी खरविन्द, गोविन्द्र आर्चाय, सनसाइन सामाजि विकास केन्द्रका अध्यक्ष तुलसीराम यादव राजपुर सिएलसीकी शान्ती शाही, वडा सतिव नरहरी खनाल, नारायण खनाल शिक्षक गोकर्ण पोख्रेल लगायतले शुभकामना दिएका थिए ।