गृहपृष्ठ खबर नेपालको आधा जनसङ्ख्या रेबिजको उच्च जोखिममा

नेपालको आधा जनसङ्ख्या रेबिजको उच्च जोखिममा

प्रकाशित मिति:

‘रेबिज बारे जनचेतना फैलाऔँ, अमूल्य जीवन बचाऔँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी रेबिज विरुद्धको दिवस मनाइँदै छ । रेबिजले मानिसमा पार्ने प्रभावका बारेमा जनचेतना अभिवृद्धि गर्न, जोखिममा रहेकाहरूलाई रोकथामका बारेमा सूचना, सल्लाह र सेवा प्रदान गर्न तथा रोग नियन्त्रणका लागि आवश्यक वकालत गर्दै रेबिजविरुद्धको दिवस मनाइँदैछ ।

विश्वमा हरेक वर्ष रेबिजले ५९ हजार व्यक्तिको ज्यान लिने गरेको छ । जसमा आधाजति १५ वर्षमुनिका बालबालिका पर्छन् । विश्वभरीमा हुने रेबिजको ९५ प्रतिशत समस्या एसिया र अफ्रिकामा मात्रै हुने गरेका छ ।

रेबिजमा नेपालको अवस्था 

विशेषगरी नेपालको तराई र पहाडी क्षेत्रमा रेबिजको  समस्या बढी देखिएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोथ नियन्त्रण महाशाखाका अनुसार नेपालको आधा जनसङ्ख्या रेबिजको उच्च जोखिममा रहेका छन् । यस्तै एक चौथाइ मध्ययम जोखिममा रहेको जनाएको छ ।  महाशाखाको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७४÷०७५ मा मात्रै २६ हजार ३ सय १२ जनालाई कुकुरले टोकेको थियो । यस्तै २ हजार २ सय २ जनालाई अन्य जनावरले टोकेको थियो ।

२८ हजार ५ सय १४ जनालाई रेबिज लाग्नसक्ने अशङ्का गरिए पनि २ लाख ८१ हजार ७ सय १८ भायल रेबिजविरुद्धको खोप दिइएको स्वास्थ्य सेवा विभाग जनाएको छ ।

कसरी लाग्छ  रेबिज ?

रेबिज लाइसा नामक स्नायुमा प्रभाव पार्ने आरएनए भाइरसले गर्दा हुने रोग हो । यो भाइरसबाट सङ्क्रमित जनावरको र्यालबाट घाउको बटो हुँदै शरीरभित्र छिरेर नसाको माध्यमले मस्तिष्कसम्म पुग्दछ । यो भाइरस शरीरमा प्रवेश गरेपछि सुरुमा ज्वरो आउने, घाउ भएको स्थानमा दुख्ने, झमझमाउने, घोचे, पोले जस्तो हुने र पछि भाइरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा नसाहरू सुनिन्ने हुन्छ । यो रोगबाट प्रभावित व्यक्तिका क्रियाकलाप र व्यवहार अत्यधिक उत्तेजित हुने, पानीदेखि डराउने, हावाको चालबाट तर्सिने र केही दिनपछि श्वासप्रश्वास र रक्तसञ्चारमा समस्या आई मूत्यु हुन्छ ।

रोकथाम 

रेबिज रोग लागेपछि उपचारको कुनै पनि विकल्प छैन । रेबिज लागेपछि मानिसको मृत्यु निश्चित छ ।  सावधानी अपनाइयो भने यसलाई शतप्रतिशत रोकथाम गर्न सकिन्छ ।

सम्बन्धित् समाचार