वाणगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा डेङ्गु रोग रोकथाम सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । डेङ्गु रोगको निश्चित औषधि, खोप तथा सुई नभएकाले यसको रोकथाम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको शाखाले जनाएको छ । आर्थिक वर्ष २०७४÷७५ मा वाणगंगा नगरपालिकामा ४ जनामा डेङ्गुको संक्रणमण देखिएको नगर स्वास्थ्य प्रमुख कृष्ण घिमिरेले जानकारि दिए । नगरपालिकाका वडा नं.१, २ र ४ मा सबै भन्दा यसको संक्रमण देखिएको छ । नेपालमा भने आर्थिक वर्ष २०७३÷७५ मा १ हजार ५ सय २७ जनामा संक्रमण देखिएको र आर्थिक वर्ष २०७४÷७५ मा ७५ जना संक्रणमित भेटिएका छन् ।
औपचारिक कार्यक्रम पछि शाखाका कार्यक्रम संयोजक कमल ज्ञवालि र नगर स्वास्थ्य प्रमुख कृष्ण घिमिरेले प्राविधिक विधि प्रयोग गरि डेङ्गु रोग भाईरसबाट सर्ने भएकाले यसको रोकथामका लागि विशेष ध्यान दिन समेत आग्रह गरेका थिए । अभिमुखिकरण कार्यक्रममा यो रोग खासगरि एडिन ईजिप्ट पोथि लामखुट्टेको टोकाईबाट सर्ने भएकाले यसको टोकाईबाट बच्नको लागि शरिर ढाक्ने खालका कपडा लगाउँने, पानि जम्ने ठाउँमा सफा गर्ने, खाल्डा खुल्डिमा यसको संक्रमण हुने भएकाले ध्यान दिनुपर्ने बताईएको छ ।
यो लामखुट्टेको संक्रमण खासगरि गाडिको टायर, धेरै दिनसम्म प्रयोग नभएको तर सफा पानिमा पनि रहने बताईएको छ । त्यसैले नगरपालिकाको उच्च जोखिममा परेका वडा नं. १, २ र ४ मा भोलिदेखि १५ गते सम्म डेङगुरोग रोगका लामखुट्टको वासस्थान तथा लार्भा नष्ट तथा सचेतना कार्यक्रम सञ्चालन गरिने भएको छ ।
पिपरा देखि वाणगंगा नदि र चारनम्बर वजारदेखि गजेहडा तिनकुने चोकसम्म महिला स्वास्थ्यसेवीका र सुरक्षा कर्मिको टोलिद्धारा सचेतना अभियान सञ्चालन गरिने स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममा वाणगंग नगरपालिका नगर प्रमुख मंगल प्रसाद थारु, उपमेयर चक्रपाणि अर्याल र प्रशासकिय अधिकृत तुल्सिराम मरासिनिले सबै जनामा चेतना भयो भने यो रोगलाई नगरबाट नै उन्मुलन गर्न सकिने बताए ।
त्यस्तै वडा नं.१, २ र ४ का वडाअध्यक्षले पनि वडाबाट डेङ्गु एक खतरनाक रोग भएकाले यसको संक्रमणनै हुन नदिनका लागि वडाबाट गरिने पहल गर्ने बताए । महिला संवयंसेविहरुले पनि यसको रोकथाममा आफुहरु केन्द्रित रहने र सचेतना फैलाउँने बताएका छन् ।