गृहपृष्ठ खबर कपिलवस्तुको जितपुरमा सवारी दुर्घटना हुदा एकको मृत्यु

कपिलवस्तुको जितपुरमा सवारी दुर्घटना हुदा एकको मृत्यु

प्रकाशित मिति:

कपिलवस्तुको चारनम्बर जितपुरमा शुत्ररबार राती सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना गम्भिर घाइते भएका छन । लु ३७ प नम्बरको मोटरसाईकल र  लु १ ख ६७९२ नं। ट्रक एक अापसमा ठाेक्कीदा  रुपन्देही सालझण्डीका निश्छल थापाको ज्यान गएको छ । अर्का घाइते मोहन थापाको उपचार बुटवलमा हुन नसकेपछि काठमाण्डौ पठाइएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक चन्द्र बहादुर केसीले जानकारी दिनुभयो । उनीहरु दुवै जना नवप्रभात माध्यमिक विद्यालय सालझण्डीमा कक्षा १० मा अध्ययरत रहेको बताइएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

सम्बन्धित् समाचार