गृहपृष्ठ खबर ज्येष्ठ नागरिक दिवसका अवसरमा कपिलवस्तुमा ज्येष्ठ नागरिक सम्मानित

ज्येष्ठ नागरिक दिवसका अवसरमा कपिलवस्तुमा ज्येष्ठ नागरिक सम्मानित

प्रकाशित मिति:

२८ औ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा कपिलवस्तुमा ४० जना ज्येष्ठ नागरिकलाई सम्मानित गरिएको छ । कपिलवस्तु नगरपालिकाले ३० र बुद्धुभमी नगरपालिकाले १० ज्येष्ठ नागरिकलाई छुट्टा छुट्टैठाउमा गरिएको कार्यक्रममा सम्मानित गरिएको हो । सो अवसरमा बुद्धुभुमी नगरपालिकाको गोरुसिग्ेमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले दोसल्लाले बृद्धबृद्धाहरुलाई सम्मान गर्दै ज्येष्ठ नागरिकहरुलकालागि सरकारले ठोस सेवा सुबिधा उपलब्ध गराउनु पर्ने बताए । उनले जीवीत ईतिहासका रुपमा रहेको बृद्धबृद्धाहरुका लािग राज्यले छुट्टै कार्यक्रम ल्याउनु पर्ने बताए ।

सो अवसरमा बुद्धुभुमी नगरपालिकाका मेयर केवश श्रेष्ठले ज्येष्ठ नागरिकहरुलार्ई घर परिवार र समाजले सम्मान गर्नु पर्ने बताए । उनले नगरपालिकाले ज्ेष्ठ नागरिकको सुबिधाका लागि बिभिन्न कार्यक्रमहरु गर्ने बताए । प्रजिअ अर्जूृन प्रसाद पोख्रेलले ज्ेष्ठ नागरिकको राज्यको गहना भएकोले उनीहरुको सुबिधाका लागि सबैले पहल गर्नु पर्ने बताए ।

नेत्र प्रसाद उपाध्याको अध्यक्षतमा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्या लगायतले मन्त्यब दिनु भएको थियो । यस्तै कपिलवस्तु नगरपालिकामा ८८ बर्षिय बयोबृद्ध तेज कुमार बौद्धाचार्यले नगरपालिकामा रहेका ८५ देखि ९६ बर्ष उमेरका नागरिकहरुलाई दोसल्ला ओढाई सम्मान गरेका थिए । सो अवसरमा बौद्धाचार्यले ज्ेष्ठ नागरिकहरुका लागि राज्यले कुनै ठोस कार्यक्रम नल्याएको गुनासो गरे ।

ज्येष्ठ नागरिको उपचार लगायतको सेवामा सरकारले बिशेष कदम चाल्नु पर्ने बताए । रमेश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष प्रकाश गैरे, ठाकुर प्रसाद गैरे, पशुपतिमणि त्रिपाठी, बनारसी बर्मा लगतयले मन्तब्य दिएका थिए ।

सम्बन्धित् समाचार