नयाँ शक्ति पार्टी नेपाल कपिलवस्तुले नयाँ समृद्धिको युगको नेतृत्व गर्न नयाँ सोच र विचार सहितको पार्टीको गठन भएको नयाँ विचार सहितका युवाहरु अगाडि आउन आवस्यक रहेको जनाएको छ । कपिलवस्तुको बाणगङ्गा नगरपालिका बडा नम्बर ९ जिनुवा स्थित सुद्धोदन जनजिबन मा विमा नयाँ शक्ति बिद्यार्थी युनियनको प्रथम भेलामा नयाँ शक्ति पार्टी नेपाल केन्द्रिय परिषद सदस्य तथा जिल्ला संयोजक नारायण खनालले यस्तो बताएका हुन् ।
सम्पन्न भेलाले विद्यालयको कक्षा ११मा अध्ययनरत विद्यार्थी आश्विन कार्कीको अध्यक्षता मा ६१ सदस्यीय क्याम्पस मुल इकाई समितिको निर्वाचन गरेको छ । कार्कीको अध्यक्षतामा सम्पन्न भएको भेलाले नयाँ शक्ति विद्यार्थी युनियनको उपाध्यक्षमा कमला अधिकारी र अनिल पाण्डे, सचिव कल्पना घर्ती मगर, सहसचिव कृष्ण खनाल, कोषाध्यक्ष प्रभा भुशाल सहितको ६१ सदस्यीय क्याम्पस मूल इकाई समितिको गठन गरेको जनाएको छ ।
नयाँ शक्ति पार्टी नेपालका संघिय परिषद सदस्य चोपलाल राहुल मगर, ५ नम्बर प्रदेश नयाँ शक्ति विद्यार्र्थी युनियन प्रमुख भुवन पौडेल लगाएतको उपस्थिति रहेको भेलामा क्याम्पस युनियन अध्यक्ष अश्विन कार्कीको अध्यक्षता, नयाँ शक्ति पार्टी नेपाल जिल्ला संयोजक नारायण खनालको प्रमुख आतिथ्यता र सचिव कल्पना घर्तिमगरको संचालनमा सम्पन्न भएको छ ।