गृहपृष्ठ खबर कक्षा ११को नतिजा सार्वजनिक

कक्षा ११को नतिजा सार्वजनिक

प्रकाशित मिति:

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । यो वर्ष नियमिततर्फ ३ लाख ३२ हजार ८९१ विद्यार्थी सहभागी थिए ।आंशिकतर्फ अक्षरांकनमा १ लाख ७६हजार ९५ र अंक प्रणालीमा ३९ हजार ५०५ विद्यार्थी सहभागी थिए ।

नियमिततर्फ १ हजार १४५ विद्यार्थीले जीपीए ३.६१ देखि ४ सम्म ल्याएका छन् । ८ हजार ९ सय ४९ले जीपीए ३.२१ देखि ३.६० ल्याउने ल्याए ।

२४ हजार ५ सय १५ विद्यार्थीले जिपिए २.८१ देखि जिपिए ३.२० सम्म ल्याएका छन् । ४८ हजार ७ सय ३१ ले जीपीए २.४१ देखि २.८० सम्म र  ८६ हजार सात सय ७० परीक्षर्थीले २.१ देखि २.४० सम्म जीपीए ल्याए ।

९२ हजार ५ सय ९३ले जिपिए १.६१ देखि २ सम्म, ४१ हजार ४ सय ६ले जिपिए १.२१ देखि १.६० ल्याएका छन् ।

आठ हजार १ सय २७ ले जिपिए ०.८१ देखि १.२० सम्म र २० हजार ६ सय ८५ परीक्षार्थीले जीपीए ० देखि ०.८०सम्म ल्याएका छन् । आंशिकको अंक पद्धतिमा ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् । १३१ जनाको परीक्षा रद्ध गरिएको छ

सम्बन्धित् समाचार