कपिलवस्तुको बुद्धुभुभी नगरपालिकालाई शनिवार पुर्ण साक्षर नगर घोषणा गरिएको छ । सारक्षरता घोषणाकालागि सबै मापदण्ड पुरा गरिए पछि नगरपालिकालाई पुर्ण साक्षर घोषणा गरिएको हो । नगरपालिकाद्धारा भृकुटी मा वि मा बुढ्ढीमा आयोजित कार्यक्रममा नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरपालिकामा रहेका १५ देखि ६० बर्ष उमेर समुहका ९८ प्रतिशत बढी नागरिक साक्षर भएको प्रतिबेदन सार्बजनकि गर्दै नगरपालिकालाई साक्षर घोषणा गरेका थिए ।
२०७० साल देखि नगर पालिकामा साक्षर घोषणा कालागि अभियान चलाईएको थियो । स्थानीय सरकार र सामाजिक संस्था र विद्यालयहरुको पहलमा साक्षरता कक्षाहरु संचालन गरि नागरिकहरुलाई साक्षर गराइएको थियो । नगरपालिकाका सबै १० वटै वडा पुर्ण साक्षर भए पछि नगरपालिकालाई साक्षर घोषण गरिएको हो । नगरपालिकामा रहेका महिला र पुरुष गर िकुल ११ हजार ८३ जना अर्थात ९८ दशमलव शुन्य ५ प्रतिशत साक्षर भएका छन । साक्षर हुन २ सय ९४ जना बाकी छन ।
सो अवसरमा प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले बुद्धभुमी नगरपालिका पुर्ण साक्षर भएकोमा बधाई दिदै जिल्लालाई र्नै चाडो साक्षर घाषणा गर्नु पर्ने बताए । उनले गुणस्तीय शिक्षालाई जोड दिदै शिक्षाका उज्यालोबाट घर घरमा पुरयाउनु पर्ने बताए । सो अवसरमा नगरपालिकालाई साक्षर घोषणाकालागि योगदान दिन्े आधा दर्जा सस्था र बिभिन्न ब्यक्तिहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
प्रदेश नम्बर ५ का सामाजिक विकास समितका संयोजक दीर्घ नारायण पाण्डेय, प्रदेश सदस्य माला गोतामे, ५ नम्बर प्रदेशका शिक्षा निर्देशनालयका प्रमुख जीत बहादुर शाह, जिल्ला समन्वय सतिकिा प्रमुख नारायण खनाल, महारागंज नगरपालिकाका मेयर अब्दुल कलाम खा, यशोधरा गाउंपालिकाका अध्यक्ष गिरजेश कुमार पाण्डेय, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले मन्तब्य दिएका थिए । स्रोत व्यात्ति खेमराज पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा स्थनीय कला संस्कृति हरुको प्रदर्शन गरिएको थियो ।