गृहपृष्ठ खेलकुद मुहान र न्यु युगमाको विजय सुरुवात

मुहान र न्यु युगमाको विजय सुरुवात

प्रकाशित मिति:

मुहान र न्यु युगमाको विजय सुरुवात
नवराज बेल्वासे
*******************
जिनुवा स्पोर्ट्स एण्ड लिङ्कन सोसाईटी द्वारा अायोजित जिल्ला स्तरीय प्रथम भलवाड कप २०७५ को अाज तेस्रो दिन दुई खेल सम्पन्न भएका छन् । पहिलो खेलमा मुहान F.C झुगा ० को विरुद्ध २ गोलले विजय भएको छ । नव प्रभाव युवा क्लवले खेल अाफ्नो नियन्त्रणमा लिन नसक्दा हार बेहोर्न पुग्यो भने दोस्रो खेलमा न्यु युगमा युवा क्लव ० का विरुद्ध १ गोलले विजय भएको छ । पहिलो हाफ बराबरी खेलेको नव दुर्गा युवा क्लव दोस्रो हाफको पहिलो मिनेटमै गोल खान पुगेको थियो । दोस्रो हाफमा निकै दवावमा रहेको नव दुर्गा गोल फर्काउन नसक्दा हार बेहोर्न पुग्यो । यसै विच प्रतियोगिताको चौथो दिन २१ गते २ खेल हुने अायोजकले जनाएको छ । पहिलो खेल नव प्रतिभा युवा क्लव र सगरमाथा युवा क्लव विच दिउँसो १:३० बजे हुनेछ भने दोस्रो खेल कपिलवस्तु U.K र अल स्टार युवा क्लव मोर्मी विच ३:३० बजे हुने अायोजकले वैखरी अनलाइन लाई जानकारी गराएको छ ।

सम्बन्धित् समाचार