गृहपृष्ठ खबर अत्तहर कमालद्धारा जितपुरमा म सफा गर्छु मेरो नगर अभियानको श्रृखला २ को शुभारम्भ

अत्तहर कमालद्धारा जितपुरमा म सफा गर्छु मेरो नगर अभियानको श्रृखला २ को शुभारम्भ

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगामा सुरु गरिएको म सफा गर्छु मेरो नगर अभियानको श्रृखला २ को जितपुरबाट शुभारम्भ गरिएको छ । वडा नः १ र ४ मा बृहत सरसफाइ अभियानको सुरुवात प्रतिनिधि सभा सदस्य अत्तहर कमाल मुसलवानले शुभारम्भ गरेका छन । अभियानको सुरुवात गर्दै कमालले जिल्लाको बिकासको केन्द्रको रुपमा चार नः जितपुर चिनिएको यस अभियानले समग्र जिल्लालाईनै सरसरफाईप्रति सचेत गराउनेमा आफु बिश्वस्त रहेको बताउदै जिल्ला भरनै यस किसिमको अभियान चलाउनका लागी आफुले पहल गर्ने बताए । त्यस्तै प्रदेश सभा सदस्य माला गोतामेले बिकासको पुर्वाधार स्वास्थ्य भएकाले यस बृहत सरसफाइ अभियानले उचीत पुर्वाधारको बिकास र बिस्तार भएको महशुस आफुले गरेको बताइन । कर्यक्रममा बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारु, उपमेयर चक्र अर्याल, वडा नः ४ का अध्यक्ष गणेश बहादुर क्षेत्री लगायतले आआफनो धारणा राखेका थिए ।

वडामा रहेका टोल बिकास समिति, कपिलवस्तुु उद्योग बाणिज्य सघका अध्यक्ष उमानाथ पौडेल, सिद्धार्थ नगर बिकास समितिका अध्यक्ष बिष्णु थापा, नगरपालिकाका कार्यकारी अधिकृत तुल्सीराम मरासिनि, बाणगंगा यातायात ब्यवसायी समितिका अध्यक्ष बिष्णु प्रसाद न्यौपाने, समाजसेवि दोलकराम घिमिरे, दोलब बहादुर पछाई, रुक बहादुर भुसाल, टोप नारायण बेल्बासे लगायत यस क्षेत्रका करिव एक दर्जन बढि सघंसस्थाको बृहत सरसरफाइ अभियानमा सहभागिता रहेको थियो । सो अवसरमा होराइजन उच्च मावि र सिद्धार्थ माविका बिद्यार्थीहरुले सरसफाइ गरौसम्बन्धी ¥याली निकालेका थिए ।

 

सम्बन्धित् समाचार