गत असोज १७ गते करणीको घटना भए पछि शिवराज नगरपालिका– १० लालपुरकी एक युवतीको तय भएको बिवाह टुटेको छ । २० बर्षिया ती युवतीलाई छिमेकी २ जनाले राति बलात्कार गरेका थिए । भात खाएर नलमा चुठेन जानेक्रममा उनीहरुले बलात्कार गरेको पीडीत युवतीले तौलिहवामा आयोजित पत्रकार सम्मेलनमा बताईन । २१ बर्षे रहमान गद्दी र ५१ बर्षे जैसुल्लाह गद्दीले बलत्कार गरेका उनले बताईन । घर पछि रहेको मासको खेतमा दुबैले मुख थुनेर बलात्कार गरेको पीडीतय युवतीले बताईन । सो भटना सार्बजनकि भए पछि छोरीको बिवाह नै टुटेको पीडीत युवतीको आमाले बताईन । बलात्कार घटना पछि छोरीको जीवन अन्धकार भएको उनले बताईन । पीडकका काकाले घटनालाई मिलाउन २ बिघा खेत र ५ लाख रुपैयको प्रस्ताव गरेको पीडीतका आमाले बताईन ।
पीडकका काका लाल मोहम्मदले दिनहु आफुहरुलाई मुद्दा फिर्ता लिन दबाव दिने गरेको बताईन् । घटनाको तेश्रो दिन ५१ बर्षे जैसल्लाह घरबाटै पक्राउ परेका थिए । अर्का ओरोपी रहमान भने घटना पछि फरार भएका छन् । श्रोतका अनुसार उनी भारतको सिद्धार्थनगर जिल्लाको थाना ढेबरुवा र्खरी स्थित आफ्नो घरमा छन् । पक्राउ परेको जैसुल्लह काठ ब्यापारी हुन । उनको प्रहरीसंग हेमचेम रहकोले घटना पछि पनि ढुक्कसंग घर बसेको थिए । गाउलेहरुको दवाब पछि प्रहरीले उनलाइ पक्रेको थियो । यस अघि पनि युवतीहरुको घटनामा पटक पकट उनी मुछिएका छन् । ४ महिना अघि पनि गाउकै १७ बर्षे युतवीलाई जबरजस्ती गरको आरोपमा गाउलेहरुले उनलाई कुटेका थिए । लेनदेन पछि सो घट्ना पनि मिलाईएको थियो ।
अहिलको घटना मिलाउन पनि पीडकका काकाले प्रहरीलाइ २ लाख रकम दिएको कुरा सुनेको पीडीत युवतीका आमाले आरोप लगाइन् । । प्रहरीले समेत फरार रहेका ओरोपीलाइ पक्राउ गर्न कुनै चासो नदिएको र पक्राउ परेका गद्दीलाई समेत छुटाउन चलखेल गरेको उनले अरोप लगाईन् । प्रहरी श्रोतका अनुसार शिवराज अस्पताल बहादुरगंजमा युवतीको परिक्षण पछि बलात्कार गरिएको पुष्टी भएको छ । रहमानले बलत्कार गरे पछि जैसुल्लाहले बलत्कार गर्न जाँदा युवती चिच्चाए पछि गाउँलेहरु जम्मा भएका थिए । त्यस बेला दुबै आरोपी फरार भएका थिए । पीडीत युवतीका दुई छोरा बैदेशिक रोजगारमा छन् । घरमा दुई छोरी र उनी छन् । उनका श्रीमान अघि नै बितेका थिए ।
प्रहरी नायब उपरिक्षक रबि रावलका अनुसार घटनाको अनुसंधान र फरार रहेका अभियुक्तको खोजी भईरहेको छ । प्रहरीले रहमानलाई जबरजसती र जैसुल्लाहलाई करण्ी उद्योगको मुद्दा चलाएको जनाएको छ ।