गृहपृष्ठ जीवन शैली हड्डी कमजोर हुने कारण र बँच्ने उपाय

हड्डी कमजोर हुने कारण र बँच्ने उपाय

प्रकाशित मिति:

ओेस्टियोपोसिस भएमा हड्डी कमजोर भई भाँचिने सम्भावना अत्याधिक हुन्छ । यसले हड्डीलाई यति कमजोर बनाइदिन्छ कि साधारण चोटपटकले पनि हड्डी भाँचिन सक्छ । ओस्टियोपोरोसिस भएमा कुहिना, नाडी वा ढाडको हड्डी भाचिने गर्छ । साधारण गतिविधिका क्रममा समेत यी भागका हड्डी भाचिन सक्छ ।

ओस्टियोपोरोसिसले महिला वा पुरुष दुवैलाई प्रभावित पार्न सक्छ । तर रजनोवृत्ति भएका महिलालाई ओस्टियोपोरोसिसको सम्भावना अत्याधिक हुने गर्छ ।
नेपालमा ओस्टियोपोरोसिस रोगबाट ग्रसित मानिसहरुको यकिन तथ्यांक छैन । तर ४० वर्ष उमेर पार गरेका मानिसहरुमा यो समस्या धेरै भएको पाइन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार मु्टु रोग पश्चात्त ओस्टियोपोसिस विश्वकै ठूलो स्वास्थ्य समस्या हो ।

ओस्टियोपोरोसिसका प्रकार:
ओस्टियोपोरोसिसका मुख्य चारवटा प्रकार हुन्छन् । जुन यस प्रकार छन् ।

प्रारम्भिक ओस्टियोपोरोसिस
ओस्टियोपोरोसिसको सामान्य प्रकार हो, प्राथमिक ओस्टियोपोरोसिस । यस प्रकारको ओस्टियोपोरोसिस बढ्दो उमेरसँगै बढेर जान्छ । महिलाहरुमा रजनोवृत्ति पश्चात्त हड्डी कमजोर हुन थाल्छ, जसका कारण यो समस्या पुरुषको तुलनामा महिलालाई धेरै हुने गर्छ ।

माध्यामिक ओस्टियोपोरोसिस
हाइपरथाइराइडिज्म, हाइपरपेरायरायडिज्म वा ल्युकेमिया लगायतका मेडिकल अवस्थाका कारण माध्यामिक ओस्टियोपोरोसिस हुने गर्छ । हड्डी कमजोर बनाउने औषधीका कारण पनि यो समस्या हुने गर्छ । त्यस्तै, स्तन क्यान्सरको उपचारमा प्रयोग गरिने औषधीकेा सेवनले पनि यो समस्या कुनै पनि उमेरमा उत्पन्न हुनसक्छ ।

ओस्टियोजेनेसिस इम्पफेक्टा
ओस्टियोजेनेसिस इम्पफेक्टा, ओस्टियोपोरोसिसको एक दुर्लभ समस्या हो, जुन जन्मजातै उत्पन्न हुने गर्छ । यो रोग लागेमा विना कारण पनि हड्डी भाचिने गर्छ ।

इडियोप्याथिक जुवेनाइल ओस्टियोपोरोसिस
यो पनि एक किसिमको दुर्लभ समस्या हो । आठ देखि चौध वर्षको उमेर समूहका बालबालिकामा धेरै देखिने यो रोगका कुनै खास कारण छैन । यो समस्या भएमा कि त शरीरमा कम हड्डीको निर्माण हुने गर्छ । अन्यथा, हड्डीमा अत्याधिक मात्रामा कमजोरी हुने गर्छ । यो अवस्थामा हड्डी भाच्चिने सम्भावना पनि उच्च हुने गर्छ ।

आस्टियोपोरोसिसको चरण
ओस्टियोपोरोसिसको जम्मा चारवटा चरण हुन्छ । सुरुवाती चरण तीस वर्षको उमेरमा सुरु हुन्छ । तर यसमा ध्यान दिने खासै केही लक्षण हुँदैन । यसमा पुरानो हड्डी कमजोर हुने तथा नयाँ हड्डी बन्ने एक नाशले हुन्छ ।

दोश्रो चरणमा पनि यो रोग खासै पत्ता लाग्दैन । यो रोग धेरैजसो ३५ वर्षको उमेर पार गरेपछि सुरु हुन्छ । यो समस्या तब सुरु हुन्छ, जब पुरानो तथा नयाँ हड्डीको सन्तुलन विग्रन थाल्छ । यस चरणमा नयाँ हड्डी बन्ने भन्दा पुरुानो हड्डी भाचिने समस्या तिव्र गतिमा हुन्छ ।

दोश्रो चरण पार गरी तेश्रो चरणमा पुगेपछि माात्र यो रोगको लक्षण देखा पर्न सुरु हुन्छ , जसले ४५ देखि ५५ वर्ष उमेर समूहका मानिसलाई बढी प्रभावित पार्छ । यस चरणमा हड्डी कमजोर भई सजिलै भाच्चिने गर्छ । र, यही चरणमा आएर नै ओस्टियोपोरोसिस रोगको उचार हुने गर्छ ।

यस चरणमा पनि रोगको सही उपचार नभएको खण्डमा हड्डीको फ्याक्चर धेरै भन्दा धेरै हुने गर्छ । यस चरणमा हड्डी दुख्ने समस्या निरन्तर हुने गर्छ । यसमा विकलांगता तथा रीढको समस्या आम मानिन्छ ।

ओस्टियोपोरोसिसको लक्षण
प्रारम्भिक चरणमा ओस्टियोपोसिसको लक्षण सजिलै देखा पर्दैन । र, जबसम्म कुहिना, रीढ वा नाडीको हड्डी भाच्चिदैन वा फ्याक्चर हुदैन, तब सम्म यसको लक्षण पनि पत्ता लाग्दैन । तथापी, केही लक्षणद्धारा हड्डीको कमजोरीको अन्दाज लगाउन सकिन्छ ।

ओस्टियोपोसिसको लक्षणहरू निम्न छन्
-गिजा तथा बंगारा कमजोर हुनु
-हातले राम्ररी सामान नपकिडनु
-नङ्ग कमजोर हुनु
-ढाड कुपि्रनु
-हड्डी भाच्चिनु
-गर्दन तथा ढाड दुख्नु

ओस्टियोपोरोसिसका कारण
नयाँ र पुरानो हड्डीबीच असन्तुलन कायम भएमा ओस्टियोपोरोसिस हुने गर्छ । हड्डीलाई मजबुत बनाउन शरीरमा क्याल्सियम त था फोस्फेटको आवश्यकता पर्छ । शरीरले यी खनिज पदार्थको प्रयोगद्धारा नै हड्डीको निर्माण गर्छ । शरीरमा क्याल्सियमको कमी भएमा हड्डी कमजोर हुने तथा भाच्चिने गर्दछ । उमेर बढेसँयै यो समस्या गम्भीर हुने गर्छ । केही मानिसहरुमा यो समस्या गम्भीर हुनसक्छ ।

ओस्टियोपोरोसिस विभिन्न कारणले पनि हुनसक्छः
-लामो समयसम्म कार्टिकास्टिराइड औषधीको प्रयोग
-हर्मोन सम्बन्धि समस्या, सुन्निने समस्या लगायतका कारण
-परिवारमा कसैलाई ओस्टियोपोरोसिसको समस्या भएमा
-शरीरको बडी माक्स इन्डेक्स कम भएमा
-अत्याधिक मदिरापान वा धुमपान
ओस्टियोपोरोसिसबाट बच्ने तरीका
-पर्याप्त क्याल्सियम तथा भिटामिन ‘डी’को सेवन
-कम बोसोयुक्त डेरी प्रोडक्ट तथा हरिया साजसब्जी तथा फलफुलको सेवन
– नियमित व्यायाम
-धुमपान नगर्ने
-मदिरा त्याग्ने

ओस्टियोपोरोसिसको जोखिम कारक
ओस्टियोपोरोसिस हुनुमा विभिन्न तत्व जोखिम कारकको रुपमा रहने गर्छ । त्यसमा उमेर, लिङ्ग परिवारिक इतिहास, हड्डीको संरचना, शरीरको वजन, केही रोग तथा विभिन्न रोगमा प्रयोग गरिने औषधी प्रमुख मानिन्छ ।
र, ओस्टियोपोरोसिस भएमा हड्डी भाच्चिने, गतिविधि सिमित हुने, डिप्रेसन हुने तथा शरीरमा पिडा हुने गर्दछ ।

ओस्टियोपोरोसिस भएमा के नखाने ?
-प्रोसेस्ड मिट
-पिज्जा, बर्गर लगायतका फास्ट फुड
-फि्रजमा राखेको खानेकुरा
-बोतलमा बन्द गरिएको पेय पदार्थ
-तारेको, भुटेको खानेकुरा

ओस्टियोपोरोसिसका विरामीले के खाने ?
ओस्टियोपोरोसिस हुनु भनेकै हड्डी कमजोर हुनु भएकोले ओस्टियोपोरोसिस भएमा दूध, दही, पनीर लगायतका क्याल्सियमयुक्त डेरी प्रोडक्टको सेवन गर्नु पर्छ ।

त्यस्तै, क्याल्सियम युक्त पत्तेदार हरिया साजसब्जीको सेवनले पनि यो समस्या कम गर्न सकिन्छ । तुलसी, पुदिना सुप, दालचिनी, लसु, ज्वानोले पनि हड्डीलाई मजबुत बनाउने हुदाँ यस्ता खानेकुराको सेवन पनि ओस्टियोपोरोसिसमा लाभदायक मानिन्छ ।

त्यसबाहेक, माछा, मासु, सुुन्तला, बदाम, तिल पनि क्याल्सियमको राम्रो स्रोत भएकोले यस्ता खानेकुरा पनि ओस्टियोपोरोसिसमा लाभदायक मानिन्छ ।
-अनलाइनखबर

सम्बन्धित् समाचार