नेपालीहरुको प्रमुख चाड दशैं तिहार र छठको उपलक्ष्यमा कपिलवस्तु शाखाका जेसीज सदस्यहरुले बाणगंगा–१ बैरिया, जेसीज हलमा शनिबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।
कपिलवस्तु जेसीजले आयोजना गरेको उक्त कार्यक्रमका कार्यक्रम संयोजक मनोज खत्रीले दसैं सामाजिक सद्भावको पर्व भएकाले जेसीजको वार्षिक कार्यक्रम अन्तर्गत शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा जेसीजका पूर्व अध्यक्ष पोष्टराज गौतम, रुक बहादुर भुसाल, रमेशचन्द्र भुसाल, अनुराग पाण्डे, बुद्ध आवाज रेडियोका स्टेशन म्यानेजर भेषराज पाण्डे, लुम्बिनी दर्पण साप्ताहिकका प्रधान सम्पादक कृष्णप्रसाद पौडेल, प्याब्सन बाणगंगा नगर अध्यक्ष रोमकान्त घिमिरे, डोलकराम घिमिरे, सिद्धार्थ क्याम्पसका स्ववियु सभापति सुशील खत्री, विद्यार्थी नेता सुशील पौडेल, शंकर न्यौपाने, नेपाल किसान ट्रेक्टर समितिका महासचिव झविन्द्र खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा जेसीजका सदस्यहरुका बाक्लो उपस्थिति रहेको थियो । कपिलवस्तु जेसीजका अध्यक्ष सुन्दर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सविच बाबुराम अर्यालले गरेका थिए ।
दशैं, तिहार र छठका अवसरमा जेसीजमा शुभकामना आदान प्रदान कार्यक्रम


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैमुम्बईविरुद्ध चेन्नईको जित
३ घण्टा अघि