गृहपृष्ठ खबर सांसद कमालको पहलमा सामुदायिक अस्पताललाई १८ लाखको सामाग्री हस्तान्त्रण

सांसद कमालको पहलमा सामुदायिक अस्पताललाई १८ लाखको सामाग्री हस्तान्त्रण

प्रकाशित मिति:

कपिलवस्तुको चार नः जितपुरमा रहेको सामुदायिक अस्पतालमा एक कार्यक्रमकाबिच करिव १८ लाख बराबरको सामाग्री हस्तान्त्रण गरिएको छ । कपिलवस्तु सामुदायिक अस्पतालमा एक कार्यक्रमको आयोजना गरी अस्पताललाई सामाग्री हस्तान्त्रण गरिएको हो । अन्तराष्ट्रीय सस्था हेल्पीङ्ग हेण्डको सहायोग र प्रतिनिधि सभा सदस्य अत्तहर कमाल मुसलवानको पहलमा सामुदायिक अस्पताललाई आइसियु बेड, स्टेचर लगायतका अस्पताललाई आवश्यक सामाग्री बितरण गरिएको हो । कार्यक्रममा बोल्दै हेल्पीङ्ग हेण्डका कार्यक्रम संयोजक जिवनाथ पोख्रेलले सामुदायिक अस्पताल जिल्लाकै बिश्वासिलो अस्पतालका रुपमा स्थापित भएको पाउदा खुशी लागेको बताउदै अस्पतालबाट प्रदान गरिने सेवा सुविधा थप गर्नका लागी आफनो सस्थाले पनि भावी दिनमा थप पहल गर्ने बताए । त्यस्तै कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य अत्तहर कमाल मुसलवानले जिल्ला भित्रनैसबै रोगको उपचार गर्न दक्ष जनशतिm सहित आवश्यक प्रविधि र सामाग्रीका लागी सबैले हातेमालो गरी काम गर्नु पर्नेमा जोड दिए । सो अवसरमा बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारु, सामुदायिक अस्पतालका अध्यक्ष रामजि सेन, महासचिव पोम नारायण पौडेल लगायतले आआफनो धारणा राखेका थिए । कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेल, बरिष्ठ समाजसेवि बिष्णु प्रसाद न्यौपाने, दुर्गा केसि लगायत ५० बढिको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार